दुहबी/सुनसरीको दुहबी वडा नम्बर ८ मा रहेको अन्नपूर्ण जुत्ता चप्पल उद्योगमा कार्यरत महिला मजदुरको निधन प्रती हार्दिक
श्रद्धाञ्जली दिन जाँदा सोही उधोगमा काम गर्ने तीन मजदुरले जागिर बाट हाथ धुनु परेको भन्दै सोहि उधोगमा काम गर्ने दुई
सय मजदुरले हस्ताक्षर सहित संयुक्त ईकाई कार्य समितिले तिन जना मजदुर नेताहरुलाई सात दिन भित्र पुर्नवहालि नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन।
असार २४ गते बुधबार मजदुरहरुले अल्टीमेटम पत्र उधोगमा बुझाउन जाँदा सो पत्र उद्योग ब्यवस्थापकले लिन नमाने पछि हुलाक बाट रजिस्ट्री गरि पठाएको सोही उद्योगमा काम गर्ने जिफन्टका ईकाई अध्यक्ष चन्दन खाँले बताए ।
सो उद्योगले अवकास दिएको सोही उद्योगमा काम गर्ने खाँका अनुसार जेठ १३ गते सोही उद्योगमा कार्यरत महिला मजदुर समिना खातुनको असमायिक निधन प्रति श्रद्धाञ्जली ब्यक्त गर्नकोलागि उद्योग प्रशासन प्रमुख अनिल पोखरेलसँगकै सहकार्यमा सो दिन बिना तलबि उधोग छुट्टि गरेर आफु लगायत सम्पुर्ण मजदुरहरु मृतकको घरमा गएको बताए ।
उनी भन्छन छुट्टी गरेको भोलिपल्ट उद्योगमा काम गरिरहेको बेला अचानक उद्योग व्यवस्थापकले आफु लगायत युनियनका सचिव उमेश कुमार माझी र सोहि उद्योगका मजदुर नेता तथा नेपाल कारखाना श्रमिक संघका ईकाई अध्यक्ष शुगिन्द्र बिश्वासलाई छुट्टीको बिषयमा स्पष्टीकरण सोध्दा स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भनदै असार ५ गतेबाट उद्योग प्रतिष्ठानको सेवाबाट हटाईएको अवकास पत्र दिंदा आफुहरु अन्यायमा परेकोले न्याय को लागि सबै सरोकार बालासगँ सोमवार अपिल गरेका थिए ।
सोहि उद्योगले निस्कासन गरेका अर्का मजदुर नेता शुगिन्द्र बिश्वासका अनुसार आफुहरु जहिले पनि मजदुरको हक अधिकारको मुद्दामा आवाज उठाउने गरेको हुनाले उद्योग व्यवस्थापकले योजनाबद्ध सडयन्त्र तरिकाले आफुहरुलाई जागिर बाट निकालेको दाबी गरेका छन ।
यता सो बिषयमा मजदुर नेता तथा नेपाल कारखाना मजदुर संघ प्रदेश १ का अध्यक्ष रमेश थापा सँग बुझ्दा अन्नपूर्ण जुत्ता चप्पल उद्योगका व्यवस्थापकले आफुखुशी श्रमऐन बिपरित काम गरेको हुनाले सात दिन भित्र मजदुरहरुलाइ पुर्णबहालि नगरे कडा आन्दोलनमा उत्रिने चेतावनीको साथै श्रम अदालत सम्म जाने बताए ।
उनले भने कुनै पनि कामदार लाई दफा श्रम ऐन २०७४ दफा १३१ को उप दफा ४ को (क )बमोजिम अवकाश दिनु पर्दा रोजगारदाता वा कुनै श्रमिक वा सेवाग्राहि कार्य स्थलसँग सन्बन्धित कुनै ब्यक्ति विरुद्ध कुनै किसिमको हात हतियार प्रयोग गरि वा नगरि कुटपिट वा शारिरिक चोट पुर्याएमा वा बन्धक बनाएमा वा प्रतिष्ठानको क्षेत्र भित्र हुल दंगा वा तोडफोड गरेमा, घुस लिने दिने कार्य गरेमा,कार्य स्थलमा कसैको सम्पती चोरि गरेमा, प्रतिष्ठानको आर्थिक हिनामिना गरेमा, रोजगारदाताको जिम्मा रहेको वा प्रयोगमा रहेको सम्पती जानीजानी क्षती पुर्याएमा श्रम ऐनको बुंदामा प्रष्ट हुँदा समेत मजदुरलाई अवकास दिनु भनेको नेपालको श्रम कानुन नमानिकन आफुखुशि उद्योग व्यवस्थापकले यस्तो निन्दनीय काम गरेको भन्दै आपत्ती जनाए। थापा भन्छन मजदुर पुर्णबाहलि नगरे श्रम अदालतमा सो उधोग विरुद्ध मुद्दा हाल्ने तयारि भईरहेको बताए ।