दुहबी / सुनसरीको दुहबी स्थित रहेको पक्कि कृषि सडकमा सो क्षेत्रमा रहेका विभिन्न उद्योगहरुका कारण करोडौको लागतमा निर्माण भएका कृषि सडक क्षती भईरहेको पाईएको छ ।
सो कृषि सडक छेउमा नव निर्माणधिन श्री राम भेनियर उद्योगले क्षमता भन्दा बढि माल बाहक गाडी ट्रक टिपरहरु जथाभाबि चलाउदा पक्कि सडक करिब १० मिटर भत्किएर क्षती भएको देखिएकोमा हाल सम्म पनि क्षतीग्रस्त कृषि सडक अझै मर्मत नगरे पछि उद्योगको बदमासी देखिन्छ ।
सो सडकमा उद्योग प्रयोजनमा भार क्षमता भन्दा बढि माल बाहाक गाडी ट्रक टिपरहरु जथाभाबि चलाउदा पक्कि सडकको ठाउँ ठाउँमा खाल्डा खुल्डी र भत्किन सुरु भएको स्थानीयहरुले बताएका छन ।
सोही बिषयमा दुई दिन अगाडी उद्योग संचालक महेन्द्र रौनियारले गल्ति स्विकार्दै तत्काल क्षती भएको ठाउँमा मर्मत गर्ने कोचिला खबर लाई बताएका थिए
केही बर्ष अगाडी मात्र दुहबीको ६ वटा वडासंग जोडेको कृषि सडक करोडौको लागतमा निर्माण भएकोमा हाल सो सडक विभिन्न उद्योगहरुले गर्दा दुर्दशा भएको देखिन थालेको छ ।

सो कृषि सडकमा १० टनको क्षमता भन्दा बढि बोक्न बन्देज लगाए पनि उद्योगहरुले भार क्षमता भन्दा बढि बाल बाहाक ट्र्क टिपर चलाए पछि सडक जिर्न हुदै गएको स्थानीयहरु बताउछन ।





