दुहबी / सुनसरीको दुहबी ६ स्थित संचालनमा रहेको फर्वार्ड कम्फ्लेक्सले अव्यवस्थित तरीकाले दुर्घन्धित पानि सडकमै निकासा गरे पछि स्थानीय आक्रोशित भएका छन । दुहबी बजार स्थित रहेको फर्वाड कम्प्लेक्सले अव्यवस्थित ढंगबाट पानी बगाएपछि स्थानीयहरु आक्रोशित भएका हुन् । बजार क्षेत्रमा दुर्गन्धित पानीको कारण डेंगु लगायत रोगको उच्च जोखिम हुनुका साथै स्थानीयहरु नाक खुम्च्याएर हिड्न बाध्य हुँदा समेत सरोकारवालाहरु बेखबर देखिन्छन् । दुहबीको विभिन्न उद्योगबाट निस्केको प्रदुषण र दुर्गन्धित पानीको कारण समेत स्थानीयहरु आक्रोशित देखिन्छन् ।
स्थानीय घन्शयाम रौनियारका अनुसार फर्वार्ड कम्फ्लेक्स बाट निस्केको दुर्घन्धित पानि अव्यवस्थित तरीकाले सडकमा निकासी गर्दा टोलनै दुर्घन्धित भई रोगको जोखिम समेत हुन सक्ने बताए
अर्का स्थानीय राम शंकर हलुवाई भन्छन फर्वार्ड कम्फ्लेक्सले सडकमा फोहोर पानी बगाउँदा बाटो हिड्न समेत कठिनाई भईरहेको बताए ।
उनि भन्छन दुहबी वडा नम्बर ६ वडा अध्यक्ष घन्शयाम हलुवाई र फर्वार्ड कम्फ्लेक्सका व्यवस्थापन संग पटक पटक कुरा राख्दा समेत कुनै सुनुवाइ नगरेको बताए ।
करोडौ खर्चिएर बनाएको कम्फ्लेक्सले बातावरणनै दुसित हुने गरि फोहोर पानी बाटोमा बगाउदा हाम्रो गुनासो हाल सम्म कोहि नसुनी दिदा थप पीडा थपेको स्थानीय प्रदिप हलुवाईले दुखेसो पोखेका छन ।
यता सो विषयमा फर्वाड कम्फ्लेक्सका मेनेजर करन चौधरी संग बुझदा सो समस्याको सामाधान भोलि बाटै गर्ने बताए ।





