दुहबी / सुनसरीको दुहबी नगरपालीका अन्तर्गतका सबै वडामा आखा सम्बन्धि रोग भएका बिरामी हरुको लागी निशुल्क आखा जाँच तथा उपचार शिबिर सन्चालन गर्ने उदेश्यले आईरबार देखी बिधिवत रुपमा उद्घाटन भएको छ।
जनता सग नगर प्रमुख कार्यक्रम अन्तर्गत दुहबी नगरपालिकाले आयोजना गरेको उक्त शिबिरमा बिराटनगर आखा अस्पतालले सहयोग रहेको छ।
दुहबी वडा नम्बर ११ तनमुना स्वास्थ्य चौकिमा प्रमुख अतिथि नगर प्रमुख बेद गच्छादारले दिप प्रज्वलन गरी शिबिरको उद्घाटन गरेका हुन।
शिबिर उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि गच्छादारले गत आ ब २०७६/७७ देखि निरन्तर अहिले चौथो बर्ष सम्म सिबिर मार्फत २३ सय जनताले सेवा लिइसकेको जनाए। बिगतमा भन्दा महङ्गो भएको उपचार खर्च आखामा माशुपलाएको रोगकालागी रु ३९ सय, जलबिन्दुको लागी २२ हजार र मोतिबिन्दुको लागी ४५ सय पर्ने छ्।
आफु नगरप्रमुख रहेसम्म कोहि पनि उपरोक्त आखा रोगकै कारण अन्धकार जिबन बाच्न नपर्ने र पैसाकै अभावमा रोगि बन्न नार्ने जनाउदै उनले शिबिर सस्तो लोकपृयताको लागि नभै सचेतनाको लागि गरिएको र चौबिसै घन्टा बार्है महीना आखा रोगिहरुले निशुल्क उपचार पाउने नगरबासिलाइ बिस्वस्त पारेका छन्।
बिद्यालयमा अध्यनरत बालबालीका हरुमा पनी उक्त शिबिर सन्चालन गरि ३७६० जनाको आखा जाच गरिएको र ति मध्य ६० जनालाइ उपचार गरि चस्मा लगाएर फर्काइएको साथै १६० जनालाइ रेफर गरिएको बताउदै गच्छादारले बालबालिकाको स्वस्थ्य लाइ मध्यनजर गर्दै मोबाइल एप मार्फत घरदैलोमा पुगेर २ महिना सम्मका नवजात शिशु हरुलाइ चेकजाच गर्ने बातावरण मिलाइएको बताएका छन्।
वडा नम्बर ११ का अध्यक्ष खड्ग नारायण उराउले यस्ता कार्यक्रमले जनतामा निरासभाव नभै हौसला प्रदान गर्ने हुनाले अत्यन्तै सहारनिय कार्यभएको बताए । कार्यक्रममा स्वास्थ्य साखा प्रमुख बिन्देस्वर महतो, स्वास्थ्य अधिकृत उचित नारायण साह, तनमुना स्वास्त्य चौकि इन्चार्ज शुनिल कुमार भगत लगायत उपस्थित रहेका थिए। आज देखि सुरुभएको शिबिर महिना दिन सम्म सबै वडाका पायक पर्ने स्वास्थ्य चौकिहरुमा सन्चालन गरिने छन्।





