दुहबी / बिहिवार सञ्चारकर्मी सँग परिचयात्मक भेटघाट कार्यक्रममा सुनसरीमा पत्रकार लाई सुरक्षा थ्रेड रहेको भन्दै प्रमुख जिल्ला अधिकारी लाई नेपाल पत्रकार महासंघका केन्द्रिय सद्स्य अकवाल अहमदले ध्यानाकर्षण गराए हुन ।
सुनसरी जिल्लामा नयाँ आएकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लाको शान्ति सुरक्षा, सुशासन र जबाफदेहिता आफ्नो प्राथमिकतामा रहेको बताएकी छन् । जिल्ला प्रशासन कार्यालय इनरुवामा पद बहाली गरेपछि आज बिहीबार सञ्चारकर्मी सँग परिचयात्मक भेटघाट गर्दै प्रजिअ पाण्डेले उक्त कुरा बताएकी हुन् ।
जिल्लामा हुने विभिन्न गतिविधिलाई निगरानी गर्दै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने योजना तयार गरी अगाडी बढने उनको भनाई थियो । सुनसरीमा आएपछि तीन जिल्लाको अनुभवका आधारमा काम गर्न सहज हुने बताउँदै उनले सबै सँग समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रजिअ पाण्डेले सुनसरी भौगोलिक हिसाबले पहाड, मधेस भू-भाग देखि भारतीय खुल्ला सीमा सँग जोडिएकोले सुरक्षा चुनौती भएको उल्लेख गर्दै उनले भूगोललाई सम्बोधन गर्ने आफ्नो प्रयास निरन्तर जारी रहने बताइन् ।
उनले सञ्चारकर्मी सँग जिल्लाको अवस्थाको बारेमा जानकारी पनि लिइन् ।
पत्रकार भेटघाटमा जिल्लाको सुरक्षा अवस्थाको बारेमा प्रहरीबाट भई रहेको सचेतना, अभिमुखीकरण लागु औषध नियन्त्रण तथा नियमन, सीमा सुरक्षा निगरानी लगायतका बारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिएका थिए ।
सो भेटघाट कार्यक्रममा संचार कर्मिहरुले प्रजिअबाट सहज रूपमा सेवा प्रदायक निकायबाट पाउनु पर्नेमा आग्रह गरे । महासङ्घ सुनसरीका उपाध्यक्ष गणेश निरौला, कोषा अध्यक्ष अजित कुमार झा, स्वतन्त्र पत्रकार संघ नेपालका सुनसरी उपा अध्यक्ष अकबर अलि , केन्द्रिय पार्स्द प्रेम गिरि , पत्रकार पवन रौनियार लगायतले जिल्लाका समस्या, चुनौतीका बारेमा धारणा राखेका थिए ।





