दुहबी / सुनसरीको दुहबी ८ मा आवाज नेपालको आयोजना तथा दुहबी नगरपालिका वडा नम्बर ८ कार्यालयको सहयोगमा लैंगिक हिंसाबविरुद्धको पाँच दिने तालिम मंगलबार सम्पन्न भएको छ ।
लैंगिक हिंसाविरुद्धको तालिममा वडाका महिलाहरुको सहभागीतामा तालिम सम्पन्न भएको आयोकले जनाएको छ ।
आयोजक संस्थाकी अध्यक्ष कोशिला चौधरीसको अध्यक्षता तथा दुहबी नगरपालिकाकि उप प्रमुख मेनुका खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको थियो ।
आयोजक संस्था कि कलपना कार्कीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै उप प्रमुख खतिवडाले पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढिरहेको र यसले समाजमा नराम्रो प्रभाव पारिरहेको बताइन् ।
उनले नेतृत्व तहमा भएका महिलाहरुले हरेक क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा हिंसा न्यूनीकरण गर्न सकिने बताइन् ।
खतिवडाले नगर भित्र घरेलु हिंसामा परेका महिलाहरु लाई
अब पनि हिंसा सहेर नबस्न र न्यायको लागि दुहबी नगरपालिकाको नयायिक समितिमा उजुरी दिन समेत अनुरोध गरेका थिन ।
सो कार्यक्रममा विशिष्ट अथिती दुहबी वडा नम्बर ८ का वडा अध्यक्ष तारिक चन्द सरदार अथितीमाहरुमा दुहबी नगरपालिका ९ का वडा सदस्य शतीस कुमार चौधरी योजना शाखाका पार्वता तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।
३६ जनाको सहभागीता रहेको तालिमको सहजीकरण ओरेक नेपाल सुनसरीकि कोडिनेटर शान्ति दनुवारले गरेका थिए ।