दुहबी / सुनसरीको दुहबी बजारको २ बिगाह (४ प्लट) मध्ये १३ कठ्ठा १९ धुर भित्र रहेको अवैध घर संरचना हटाउन ३५ दिन्ने सार्वजनिक सूचना दुहवी नगरपालिकाले जारी गरेका छन
साविक दुहवी गा.वि.स. हाल दुहवी नगरपालिका वडा नंं ५ अन्तरगत रहेको २ बिगाहको ४ प्लट मध्ये जिल्ला सुनसरी साविक दुहवी गा.प. वडा नं. ७ (ख) कि.नं. २६ को ज.वि.०–९–१८ ऐ.ऐ. वडा नंं ७(ख) कि.नं. ५८ को ज.वि. ०–४–१ प्लट भित्र रहेका व्यक्ति तथा संस्थाका अवैध घर टहरा तथा बनेका संरचनाहरु यस नगरपालिकालाई नगर विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्न उक्त प्लटहरु खाली गर्नुपर्ने भएको हुँदा यस नगरपालिकाको मिति २०७९/०९/१४ गतेको नगर कार्यपालिकाको अवैध घर टहरा तथा बनेका संरचनाहरु खाली गर्ने सम्बन्धमा भएको निर्णय बमोजिम यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र आ–आफुले निर्माण गर्नु भएको अवैध घर टहरा तथा बनेका संरचनाहरु हटाउनुहुन यो सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख रहेको छ ।





