दुहबी /सुनसरीको दुहबी नगर कार्यपालिकाको बैठकले नगरपालिका को बजार क्षेत्रमा खाली गरेका प्लटहरुमा अन्डरग्राउन्ड पार्किङ्ग सहितको ५ तल्ले सपिङ्ग कम्प्लेस निर्माण गर्ने प्रारम्भिक नमुना बारे छलफल सहित खाका पारित गरेको छ।
कार्यपालिका बैठकमा आ ब २०७५/७६ मा बनेको सपिङ्ग कम्प्लेक्स को इन्जिनियरिङ्ग डिजाइन प्रस्तुत गर्दै नगर प्रमुख बेद गच्छादारले तत्कालिन समयमा गरेको अनुमानित बजेट २८करोड ५६ लाख मा ( पछिल्लो समयमा संसोधन हुनेगरि) बन्ने सुबिधाजनक ब्यापारिक भवन बारे कार्यपालिका बैठमा प्रस्ताब पेश गरेका थिए । बैठकले सर्वसम्मत रुपमा उक्त प्रस्ताबलाइ अनुमोदन गरेपछि सो ब्यापारिक भवन बन्ने निस्चित भएको छ् ।
अन्डरग्राउण्डमा पार्किङ्ग,ग्राउन्ड फ्लोर मा ब्यापारिक सर्टर र २ वटा सभाहल ,सार्वजनिक सौचालय बन्ने छ भने, पहिलो र दोश्रो तल्लामा पनि ब्यापारिक सटर हरु र चौथो र पाचौ तल्लामा कन्फेरेन्स हल, सर्टर र सिनेमा हल सहितको भवनको नक्सा सार्बजिक गरिएको छ।
आवस्यक्ता अनुसार बिभिन्न तल्लामा थप सुधार गर्दै स्थानिय आवस्यकता अनुसार थपघट गर्न सकिने र स्काइ बृज मार्फत ठाना रोड को दुबै प्लट जोड्नेगरी भवन को कन्सेप्ट तयार गरिएको मेयर गच्छादारले बताएका छन्।
उक्त सटरहरु नगरबासिकै हितका लागि निस्चित मापदन्ड अनुरुप उपयोग गर्न दिइने उनले जनाएका छन्।