कोचिला खबर / सुनसरीको कोशि राजमार्ग दुहबीको ६ लेन सडक निर्माण कार्यका बाधक रहेका दुहबी बजार क्षेत्र भित्र रहेको दुहबी नगरपालिकामाको आफ्नै स्वामित्वमा रहेको २ बिगाहा जग्गा भित्र रहेको संरचना हटाइने बिषयमा सामाजिक संजालमा बहस सुरु भएको छ ।
गत बिहिवार दुहबी नगरपालिका कार्यपालिकाको बैठक बाट सुनसरीको दुहबी ५ स्थित बजार क्षेत्रको ४ प्लट(२ बिगाह) क्षेत्र खाली गराइनुकासाथै दुहबी नगरपालिका भित्र रहेको अवैध संरचना समेत हटाइने निर्णय भएको थियो ।
उक्त निर्णय बाट आइतबार दुहबी नगरपालिकाले ३५ दिने सूचना जारी गर्ने दुहबी नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले बताएका थिए ।
नगरपालिकाले दुहबीको मुख्य बजार क्षेत्रको २ बिगाह क्षेत्रमा बनेको स्थायी र अस्थायी घर टहरा लगायत दुहबीको विभिन्न वडामा रहेको अवैधरुपमा बनेको भौतिक संरचना हटाउने तयारी थालेको दुहबी नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले जनाएका थिए
सोही बिषय लाई लिएर स्थानीय युवाहरुको सामाजिक संजालमा बहस सुरु भएको देखिन्छ ।
अधिकांश युवाहरुले पुस्तौ देखि दुहबीको सांघुरो सडक भएकै कारण दुहबीको सड्क संरचनानै कुरुप भएको कारण नगरको मुहार कुरुप भएदेखि बिकास नदेखीनुले यहा भएका उद्योग धंदा विस्थापित भएको नया उद्योग व्यवस्थापन हुन नसकेको दुहबीमा कुनै पर्यटन क्षेत्र हाल सम्म पनि नभएकोले बिकासमा कोहि बाधक नबन्न सबैमा आग्रह गरेको पाइन्छ ।
युवाहरुले सामाजिक संजाल मार्फत दुहबी नगरपालिका कार्यपालिकाको बिहीबारको निर्णय कार्यान्वयन हुनेमा समेत आशंका ब्यक्त गरेका छन ।
काठमाडौं लगायत देशभर अब्यबस्थित घर टहरा र अवैध संरचना हटाउने क्रम चलेकाले दुहबी नगरपालिकाले समेत आफ्नो क्षेत्राधिकारभित्र पर्ने अब्यबस्थितरुपमा निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना हटाउने तयारी थालेको जनाइएको छ ।







