दुहबी / सुनसरिको दुहबी नगरपालिका को आयोजनामा २ दिने बृति परामर्श , उद्यम तथा रोजगारमेला सन्चालन हुने भएको छ। आगामी पौष ८ र ९ गतेका दिन सरस्वती मा बिको खेल मैदानमा हुन लागेको उक्त रोजगारमेलाको उध्घाटन प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राइले गर्ने भएका छन्। प्राबिधिक सहयोग हेल्भेटास र सहयोगि सस्था स्विस कन्टाक्ट रहेको उक्त रोजगार मेला शुक्रबार बिहान ८:३० बजे देखि सुरुहुने पत्रकार सम्मेलन मार्फत दुहबी नगर प्रमुख बेद गच्छादार ले बताएका छन ।

पत्रकार सम्मेलनमा बोल्दै दुहबि नगर प्रमुख गच्छादारले नेपाल कै पहिलो रोजगारमेला २०७५ मा दुहबी नगरपालिका ले शुरु गरेको र उक्त समय पनि अन द स्पोट दुहबी नगरपालिका का ३ सय बेरोजगार युवायुवतीले रोजगार पाएको र क्रमश उक्त मेलामा उपस्थित भएर फार्म भरेका मध्य १७ सय जनाले जागिर पाएको स्मरण गराउदै यस पटक पनी स्थानिय युवा प्रवर्धन, रोजगार, सीप र क्षेमताको अभिबृद्दि, दक्षजनशक्ति उत्पादन , स्थानिय उत्पदनको प्रवर्धन, लघु उद्द्मि लाइ आत्मनिर्भर र ब्यावसायिक बनाउन यो मेलाको आयोजना गरिएको बताएका छन्।
करिब ५ हजार स्थानिय सहभागिता गराउने र बेरोजगार युवायुवती हरुलाइ रोजगार संसार एप्लिकेशन संग जोडेर अन द स्पोट नोकरि दिलौने उदेश्य सहित समुन्न दुहबी अभियान लिएर यो रोज्गार मेला आयोजना गरेको गच्छादार ले बतएका छन्। अन्य रमाइलो मेला जस्तो यो मेला होइन, मेरो उदेश्य समृद्द दुहबी र स्वस्थ्य नगर को हो, कमसेकम एक इट्टा भएपनि बेरोजगार युवायुवतीलाइ रोजगार बनाउन पहल गरेको छु, कृषि र लघु उद्यम मार्फत तालिम दिएर रु १ लाख सम्म बिउ पुजि दिएको छु, ।
जमानि बसेर रिण दिलाएको छु, किनकि मलाइ चिन्ता छ नगरबासिको त्यसैले यो माहा अभियानमा सबै रोजगार प्रदायिक संघ, तालिम प्रदायिक संस्था, र बेरोजगार स्थानिय युवायुवती हरुलाइ मेला भ्रमण गरि भरपुर सेवा लिन आग्रह गर्दछु , उनले भने बेरोजगार समस्या राज्यको ठुलो समस्या हो, तरपनि स्थानिय सरकारको हैसियतले मैले सकेको अभियान गरेको हुँ, निरन्तर गर्ने बिस्वास दिलौन चहान्छु।
प्राबिधिक शिक्षालय रोजगार र उद्यमि बनाउने मुल श्रोत भएको बताउदै उनले दुहबी नगरपालीकाले केहि बर्षभित्र एग्रो मेकानिक्स, एग्रो इन्जिनियरिङ, एग्रो प्रोसेसिङ्ग र औद्योगिक प्रसिक्षार्थि उत्पादन गरि राम्रो तलब सुबिधामा काम गर्न सक्ने वा आफै उद्यमी बन्ने बाटोमा प्रबेश गराउन आफु लागि परेको उनले बताएका थिए ।
रोजगार मेलामा ५५ वटा स्टल रहने , उक्त सल हरु मा स्थानिय कला सस्कृति झल्काउने नाचगान, खाद्यन्ह, बिभिन्न परिकार, नगरपालीकाले गरेका सामुहिक तथा पेशागत सिप प्रवर्धन, लघु उध्यमि हरुको उत्पदन र बजारिकरण, तालिम प्रदायिक सस्थाको स्टल, रोजगार दाताको स्टल , लगयत धेरै ग्यान त्था सिपमुलक स्टल रहने नगर प्रमुख ले बताएका थिए।





