दुहबी / प्रदेश १ को रानी बिराटनगर देखि धरान सम्मको कोशि राजमार्ग ६ लेन सडकको जेब्रा क्रसिङमा मात्र बाटो काट्न पाईने भएको छ ।
सो सडकमा जेब्रा क्रसिङ बाहेक जथाभाबी पैदल यात्री तथा सवारी साधनहरुले बाटो काट्दा अत्याधिक दुर्घटना बढेको भन्दै दुर्घटना न्युनिकरण गर्न सडकको बिचमा डिभाईडर
राखेर खाली भएको ठाउँमा सडक बिभागको आयोजना तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश १ को कार्यालय ईटहरीको समन्यमा पुन सो ठाउँमा डिभाड्र राखने काम सुरु गरेको प्रदेश १ ट्राफिक कार्यालयका प्रहरी नाय्ब
उपरीक्षक स्याम कुमार सारुमगरले बताएका छन ।
मगरका अनुसार ६ लेन सडकको २ किलोमीटरमा जेब्रा क्रसिङ भएको ठाउँ बाट बाटो काटिदिए दुर्घटनामा धेरै कमि आउने बताए ।
पछिल्लो समय यता अरु ठाउँ भन्दा पनि दुहबी क्षेत्रमा निकै दुर्घटना बढिरहेको मुख्य कारण जथाभाबि बाटो काटेको हुनाले दुर्घटना बढेकोले सडक बिच खाली ठाउँमा डिभाईडर राख्न सुरु गरेको बताए ।





