दुहबी / सुनसरी जिल्लाको दुहबी १० बुद्ध चौक स्थित रहेको शिव शक्ति भेनियर उद्योगमा आगलागी हुदा ८० लाख बराबरको क्षति भएको उद्योगका संचालक हरि प्रसाद साहले जानकारी दिएका छन ।
बन्द रहेको सो उद्योगमा के कारण आगलागी भएको खुल्न नसकेको साहले बताए मंगलबार अन्दाजी २.३० बजे राती आगलागी भएको इलाका प्रहरी कार्यालय दुहबीले जानकारी दिएका छन ।
दुहबी , ईटहरी र बिराटनगरका दमकलसहित नेपाल प्रहरी, र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयहरुले बताए ।
आगलागीबाट उद्योगका मेसिनहरु , काठ लगायत जलेर खरानी भएको उद्योगका सञ्चालक हरि प्रसाद साह बताउछन
यता आगलागी भएपछि दुहबी नगरपालिकाको दमकल केही ढिलो पुगेको कारण ठूलो क्षती हुन पुगेको स्थानीय युवाहरूले आरोप लगाएका छन ।





