दुहबी / साप्ताहिक (मंगलबारे) हटिया समन्धि नगरपालिका र सुरक्षा निकाय संग सोमबार छलफल सम्पन्न भएको छ्।
दुहबी बजारको सड्क पेटिका क्षेत्रमा लाग्दै आएको अब्यवस्थित तरिकाको पसलहरु दुहबी नगरपालिकाले भोलि मंगलबार देखि हयाउने भएको छ ।
सडक पेटिका , नाला तथा सडक किनारामा जबर्जस्ति दोकान वा पसल लगाए को पाइएमा उक्त सामाग्री अनुगमनमा खटिएका कर्मचारि ले जफत गर्ने छन ।
मंगलबार साप्ताहिक हटिया दुहबी ४ स्थित मालहटियामा बनेको स्थानमा तोकिएको स्टलहरुमा बाहेक लगाउन पाइने छैन। सोही अनुसार अरुदिन समेत निषेधित क्षेत्रमा सामाग्रीहरु बेचबिखन तथा दैनिक गुद्री समेत लगाउन पाइने छैन्।
दुहबी नगरपालिका प्रमुख बेद नारायण गच्छादार , प्रमुख प्रशासकिय अधिकृत राजकुमार केशि , वडा अध्यक्षहरु दुहबी इप्रकाका प्रमुख जय देव माझी , ससस्त्र बेस क्याम दुहबीका प्रमुख, उध्योग बाणिज्य संघका प्रतिनिधि लगायतको उपस्थितिमा सो निर्णय भएको दुहबी नगर प्रमुख बेद नारायण गच्छ्दारले जानकारी दिएका छन ।





