सुनसरी / १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका – ९ का अनदाजी ३० वर्षीय तजमुल मिया रहेको दुहबी प्रहरीले जनाएको छ ।
उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ बसन्तपुरस्थित एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाउदै दुहबी प्रहरीमा उजुरी परेको थियो ।
उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबी स्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।
सो बिषयमा दुहबी ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयदेब माझी संग बुझदा पक्राउ परेका तजमुल मिया लाई थप अनुसंधान गर्नु परेकोले घटना स्थल तेह्रथुम पठाएको बताए ।