११ सफाईकर्मी लाई पुण बहाली गर्न बिराट टिचिङ अस्पताल लाई श्रम कार्यालयलले शुक्रबार परिपत्र गरेका छन ।
मोरङको बुढीगंगा २ स्थित रहेको विराट टिचीङ अस्पतालले ११ जना सफाई मजदुर निकाल्दा श्रम कार्यालय बिराटनगरले उजुरी लिन नमानेको मजदुरहरुले गत मंगलवार अस्पताल वाहिर पत्रकार सम्मेलन गर्दै आरोप लगाएको बिषयमा कोचिला खबर लगायत विभिन्न संचार माध्यममा समाचार समप्रेशन भए पछि श्रम कार्यालयल बिराटनगरले शुक्रबार के कती कारणले काम बाट निकालेको भन्दै पत्र पाएको ७ दिन भित्र प्रमाण सहित यस कार्यालयमा पठाउन साथै नियम सम्बत निष्कासन नगरेको प्रमाणित भए काम बाट निकालिएको अवधि सम्मको सेवा सुबिधा दिन र पुण काम्मा बहाली गर्न अस्पताल लाई परीपत्र गरेका छन ।
सो अस्पतालमा कार्यरत सफाई मजदुर पुतलि देवि मल्लिकका अनुसार बिगत ६ बर्ष देखि आफुहरु ईमान्दारीता पुर्वक काम गर्दै गर्दा अस्पतालले कुनै सुचना नदिइकन विभिन्न बाहाना देखाई कामबाट निकालेको उनको आरोप रहेका थिए ।
गत असोज ९ गते देखि अचानक बिराट अस्पताल प्रसाशन प्रमुख सुनिल देव र प्रसाशनका कर्मचारी कृष्ण कँडेल आफुहरु काम गर्ने ठाउमै पुगेर भोलि देखि तिमिहरु काममा आएको देखा परे हात खुट्टा भाँचिदिने धाक धम्कि दिदै आफुहरु माथी हातपात समेत गरेको मल्लिकले आरोप लगाएकी थिन ।
उनका अनुसार अस्पतालले काम बाट निकाले पछि आफुहरु न्याय माग्न बुढीगंगा गाउँपालिकाको न्यायिक समितिमा उजुरी हाल्दा समेत कुनै खाल्को निर्णय नभए पछि यहि मंगलबार रोजगार तथा श्रम कार्यालय बिराटनगरमा जादा श्रम कार्यालयका प्रसाशनका बिनोद केशिले आफुहरुको उजुरी लिन नमानेको आरोप थिन ।
सो अस्पतालका सफाई मजदुर देव मल्लिकका अनुसार आफुहरुलाई अस्पताले ८ घण्टा काम गरे बापत ११ हजार मात्र दिएर श्रम शोषण गरिरहेको र आफुहरुले श्रम कानुन अन्तरगत पाउनु पर्ने कुनै खाल्को सेवा सुिवधा नदिएको गुनासो गरेका थिए ।
बिराट अस्पताल प्रसाशन प्रमुख सुनिल देवका अनुसार आफुहरुले सफाइकर्मीहरुलाइ हातपात नगरेको दावी गर्दै ठेकेदार मार्फत काममा लगाउन खोज्दा उनिहरु न मानेको बताएका थिए ।
यता सो बिषयमा अस्पताल प्रसाशनका सन्तोश निरौला संग बुझ्दा सफाई मजदुरहरु माथी कुनै खाल्को र्दुव्यवहार तथा हातपात नगरेका, काम बाट निष्कासन नगरेको भन्दै सफाई मजदुरहरुलाई पटक–पटक कामका आउन आग्रह गर्दा समेत हाल सम्म आफै राजीखुशी काममा नआएको बताए ।
समाजवादी ट्रेड युनियन महासंघ प्रदेश १ का अध्यक्ष राजेश यादवका अनुसार ६ वर्ष काममा लगाएको मजदुरहरुलाइ स्थायि बनाउँनु पर्छ भनेर बिराट टिचिङ अस्पतालको प्रशासनले श्रम शोसण गरेको, रोजगार सम्झौता न गरि काममा लगाएकोले सफाइ कर्मचारीहरु पुनवहाली नगरे कानून सम्वत संर्घषमा जाने बताए।
उता सोही बिषयमा श्रम कार्यालय बिराटनगरका प्रसाशनका बिनोद केसी संग बुझ्दा बुढीगंगा गाउँपालिकाको न्यायीक समितिबाट अस्पतालले सफाई मजदुर निस्कासन भएको लिखित जानकारी दिएकोले श्रम ऐन नियम सम्बत काम कार्वाही अगाडी बढाउने बताए ।