इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनताले दिएको मत आफ्नो कार्यकाल भर दुरुपयोग नगर्ने बताएका छन । आफु चर्चामा आउनको लागि मात्र काम नगरेको भन्दै मेयर पौडेलले नीति निर्माण र जनताको दिर्घकालिन समस्याको लागि योजना बनाईरहेको बताए ।
सुनसरीको इटहरीमा नेपाल दशनामी समाज द्दारा दशनामी समाज कल्याणकारी कोषको भवन शिलान्यास गर्दै मेयर पौडेलले आफु चर्चाको लागि मात्र नभई जनताको समस्या बुझ्ने र ।सामधानको लागि जनताको काम गर्ने बताए ।सबै जातजाती मिलेर मात्र समाज बदल्न सकिने भन्दै छुट्टै इतिहास बोकेको दशनामी समाजको भवन निर्माणमा सकेको सहयोग गर्ने प्रतिबद्द्ता गरे ।
जनसहभागिता र दाताहरुको सहयोगमा बन्न लागेको उक्त्त भवन तीन तलाको हुने छ । इटहरी ५ स्थित तुलसा टोलमा रहेको १५ धुर जग्गामा भवन निर्माण गरिने दशनामी समाज इटहरीका अध्यक्ष कुमार गिरीले बताए। कार्यक्रममा दशनामी समाजका खगेन्द्र गिरी, राम गिरी, खस क्षेत्रीका प्रदेश १ अध्यक्ष देशबन्धु कार्की , प्रदेश १ का प्रहरी प्रमुख सुदिप गिरी लगायतले बोलेका थिए । कार्यक्रम दशनामी समाज कल्याणकारी कोषका अध्यक्ष नबिन गिरीको अध्यक्षतामा भएको थियो ।





