दुहबी / सुनसरीकाे दुहबी ९ स्थित छातावेलीमा बुधबार नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबिच झडप हुदा १ भन्दा बढि दर्जन घाइते भएका छन । नेकपा एमालेकि उम्मेद्वार भगबती चाैधरीले निर्वाचनको जित हासिल पछिको बिजयी उत्सव मनाउदै गर्दा दुइ समुहबिच झडप भएकाे इलाका प्रहरी कार्यालय दुहबीले जनाएकाे छ ।
कांग्रेसकाे गढ मानिएकाे दुहबी ९ मा एमाले कार्यकर्ताहरूले कांग्रेसकै नेता बिजयकुमार गच्छदारलाइ मुर्दावाद भनेपछि झडप हुन पुगेकाे स्थानीयहरुले बताएका छन । बिजय र्याली निकाल्ने क्रममा अचानक बाटाेेमा कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेकाे पछि बिवाद उत्पन भई झडप भएको एमाले नेता मुस्तकिम मियाले बताए ।
मियाका अनुसार झडपमा वडा अध्यक्ष हुसेन सहितले घरेलु हात हतियारल प्रयोग गरी आफ्नो १० जना नेता कार्यकर्ताहरु लाई निर्घात कुटपिट गरी घाइते बनाएको उनको आरोप रहेछ ।
यता बिजयी र्याली निकाल्ने क्रममा एमाले कार्यकर्ताहरूले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको घर घर पसेर जबरजस्ती महिलाहरु सहित लाई अविरहरू दल्न थालेपछि प्रतिकार गरिएकाे र त्यसैलाइ बिवाद बनाएर ऐमालेका नेता कार्यकर्ताहरुले आफ्नो ५ जना कार्यकर्ता माथी निर्घात कुटपिट घाइते बनाएको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ३ का सभापती तथा दुहबी नगरपालीका वडा नं ९ का वडाध्यक्ष मेहदि हुसैनले बताए ।
झडपमा परी दुवै तर्फका १ दर्जन भन्दा बढि नेता कार्यकर्ताहरू घाइते भएका छन । उनिहरूकाे बिराटनगरको विभिन्न अस्पताल र दुहबी स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेकाे इलाका प्रहरी कार्यालय दुहबीले जनाएकाे छ घटनालाइ साम्य बनाउन र थप मानवीय क्षती हुन नदिन साे स्थानमा बाक्लाे रुपमा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।