दुहबी/प्रदेश १ स्थित सुनसरीको दुहबी नगरपालिकाले मंगलबार दुहबी नगरपालिकाका ६ जना बाख्रा पालक कृषकहरुलाइ वोयर क्रस बोका बितरण गरेको छ । दुहबी नगरपालिकाको पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार बाख्रामा नश्ल सुधारकोलागि ७५ प्रतिशतको उन्नत बोयर क्रस बोका
बिउ कार्यक्रममा दुहबी नगर प्रमुख बेदनारायण गच्छदार र प्रमुख प्रशासकिय अधिकृत बिनोद नेउपानेले संयुक्तरूपमा बोयर क्रस बोका बितरण गर्नु भएको थियो ।
दुहबी वडा नम्बर १ का नेगडा ऋिषिदेव, दुहबी वडा नम्बर ३ का नरेन्द्र कुमार खरेल र विमला कुमारी चौधरी, दुहबी वडा नम्बर ४ का हरी राजवंसी, दुहबी वडा नम्बर ९ का
मो.नजाम हुसैन र दुहबी वडा नम्बर ११ का आसाराम धामीलाइ विउ(प्रजनन)कालागि ५ लाख ९४ हजार रकम बराबरको ४ महिना देखि १ वर्ष सम्मको ६ वटा वोयर क्रस बोका बितरण गरिएको थियो ।
प्रजननकालागि बोयर क्रस बोका सम्झौता पत्र तथा भरपाइ सहित बाख्रा कृषकलाइ बितरण गएिको थियो । बोयर क्रस जातको बोका ५ वर्ष सम्म प्रजनन योग्य रहने दुहबी नगरपालिका पशु सेवा शाखाका अधिकृत प्रमोद झाले बताए । यो जातको बोका दक्षिण अफ्रिकाबाट २०६६ सालमा नेपाल कृषि अनुसन्धान परिषदले अनुसन्धानकोलागि नेपाल भित्र्याइएको हो ।
बोयर जातको बाख्रा/बोका कृषकहरुले ब्यक्तिगत लगानि तथा राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराले बाख्राहरुमा कृ.ग. सम्बन्धि तालिम संचालन गरि बिउ उपलब्ध गराउँदै आएको तथा स्थानिय निकायहरुले समेत बिउ बोकाको रुपमा बितरण गर्न थालेको पाइन्छ । बोयर जातको बोका/बाख्रा अरु भन्दा छिटो बढ्ने र निरोगि हुँने बताइएको छ ।








