दुहबी/दुहबी नगरपालिका र बिकाश साझेदारी संस्था प्लान नेपाल र CSDC को त्रीपक्षिय साझेदारी कार्यक्रम अनुसार नेतृत्व र निर्णय परियोजना अन्तर्गत स्थानिय तहको योजना प्रकृयामा युवा सहभागिता कार्यबिधि सम्बन्धि एक दिने कार्यशाला गोस्ठि सम्पन्न भएको छ।
दुहबि नगरपालिकाको सभाहलमा सन्चालन भएको उक्त कार्यशालामा दुहबि नगर उपप्रमुख मेनुका खतिवडा, प्रमुख प्रशाशकिय अधिकृत राजकुमार केसि, CSDC का प्रतिनिधि कार्यक्रम संयोजक निशा अधिकारि साथै CSDC का प्रशिक्षक बिनोद प्रसाद शर्मा लगायत पलिकाका बिभिन्न साखाका प्रमुख हरु,दुहबि नगरपालिका बातावरण शाखा प्रमुख बिमलनारायण चौधरि र नगरयुवा सन्जालका युवाहरु समेत को उपस्थिति रहेको थियो।
कार्यक्रम मा बोल्दै उपप्रमुख खतिवडाले योजना संकलनमा मात्रै हैन दुहबि नगरपालिका भित्र हुने हरेक गतिबिधिहरुमा युवाहरुको सहभागिता हुनुपर्ने बताइन।
प्रमुख प्रशाशकिय अधिकृत राजकुमार केसिले सहकार्य, समन्वयन र समाबेशिका आधारमा निति निर्माण,निर्णय तह र योजना तर्जुमाको क्षेत्रमा युवाहरुको समाबेसिता अनिवार्य हुनुपर्ने मा जोड दिएका थिए। स्थानिय सरकारले सिमित श्रोत साधनको बाबजुद पनि दुहबि नगरपालिकाले युवाको क्षेत्रमा ठुलै लगानि गरेको चाहे खेलकुद होस वा शैक्षिक क्षेत्रहोस सबै क्षेत्रमा बिस्तारै प्रगति गर्दै गैरहेको बताएका थिए। योजना तर्जुमा गर्दा युवा हरुको पनि सहभागिता गर्न योजना छनौट समितिले ध्यान दिनु पर्ने समेत केसिले जोड दिए।
कार्यक्रमबारे प्रकाश पार्दै प्रशिक्षक बिनोद शर्माले प्रत्यक बर्स ५ लाख बेरोजगार युवाहरु श्रम बजारमा देखिने त्यस्मा पनि दैनिक १५ सय बैदेशिक रोजगारम जाने को सन्ख्या रहेको जानकारि गराए। २९% रेमिट्यान्स भित्राउने श्रम बजार बैदेशिक रोजगार मा जाने युवा मा २% मात्रै दक्ष, २४% अर्ध दक्ष र ७४% अदक्ष रहेको हुदा न्युन ज्यालमा श्रम बेच्न पर्ने बाध्यता रहेको साथै यसलाइ न्युनिकरण गर्न स्थानिय सरकार, प्रदेश र केन्द्र सरकार सगै बिकाश साझेदार सस्थाहरुले ध्यान पुरौनु पर्नेमा जोड दिए।
सम्बिधान्ले मौलिक हकको ब्यावस्था गरेपनि युवा को हक सम्बन्धि ब्यावस्था नगरेको हुदा युवा निति कार्यन्वयन तहमा नपुगेको बताउदै उनले यसलाइ स्थानिय सरकार मार्फत कर्यबिधि नै बनाएर युवाका सम्पुर्ण समस्या लाइ सम्बोधन गर्ने हेतुले प्लान नेपालको साझेदारि CSDC सुनसरि ले कार्यबिधि बनाएको जान्कारि गराएका थिए।
कार्यक्रमको सँयोजन बातावरण शाखा प्रमुख बिमल चौधरिले गरेका थिए।




