दुहबी/ सुनसरीको दुहबीमा अहिले सम्म दुहबी वडा नम्बर १,२ र ३ बाट क्रमशः अजुल हुसैन,अरबिन्द बिश्वास र माधव भण्डारी वडाअध्यक्षमा बिजय भएका छन्। नेकपा एमालेबाट वडाअध्यक्षका उम्मेदवार अजुल हुसैन ९ सय २९ मत सहित वडाअध्यक्षमा बिजयी भएका छन। २०७४ सालको स्थानिय चुनावमा नेकपा एमालेबाटै अजुल हुसैन ५ सय ४८ मत सहित सोही वडामा वडाअध्यक्षमा बिजयी भएका थिए।
दुहबी वडा नम्बर २ मा नेपाली कांग्रेसबाट अरविन्द बिश्वासले ७०४ मत ल्याएर वडाअध्यक्षमा बिजयी छन्। उनि २०७४ सालको स्थानिय चुनावमा नेपाली कांग्रेसबाटै २ सय ८३ मत सहित दुहबी २ को वडाअध्यक्षमा बिजयी भएका थिए।
नेकपा एमालेबाट दुहबी ३ नम्बर वडामा माधव ८२९ मत सहित वडाअध्यक्षमा बिजयी भएका छन् । उनि
२०७४ सालको स्थानिय चुनावमा नेकपा एमालेबाट सोहि
वडा मा ५ सय ४० मत सहित वडाअध्यक्षमा बिजयी भएका थिए। तीन ओटै वडाका निर्वाचित वडाअध्यक्षहरुले बिजय जुलुस गरेर शुभकामना आदानप्रदान गरेका छन्।






