युवती राखी यौन व्यवसाय सञ्चालन गरेको सूचनाको आधारमा प्रहरीले इटहरी ९ स्थित रिभर साइड रिसोर्टमा छापा मारी सात जनालाई नियन्त्रणमा लिइएको छ ।
शुक्रवार साँझ इलाका प्रहरी कार्यालय इटहरीको टोलीले रिर्साेटमा छापा मारेको थियो । छापा मार्ने क्रममा शङ्कास्पद अवस्थामा रहेका छ जना पुरुष र एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूको विषयमा अनुसन्धान भइरहेको इटहरीका डिएसपी धर्मराज भण्डारीले अपराध न्युजलाई जानकारी दिए ।
‘रिर्साेट भित्र यौनजन्य गतिविधि भएको सूचनाको आधारमा हामीले छापा मारेका हौ’ उनले भने ‘केही व्यक्ति प्रहरी नियन्त्रणमा छन्,अनुसन्धान भइरहेको छ’
नियन्त्रणमा लिइएको एक युवती भने होटेलको काउन्टरमा बस्ने बताइएको छ । होटेल सञ्चालक भने फरार छन् ।उनको खोजी भइरहेको जनाइएको छ । नियन्त्रणमा लिइएका पुरुषहरू कोही बेलबारी, झुम्का, इनरुवा ठेगाना भएका छन् । अपराध न्युजबाट