दुहबी /नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लि इटहरीको आयोजनामा भएको तालिमलाई उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश न.१ को कार्यालयको सम्योजनमा सुनसरीको गढिगाउँपालिकामा महिलाहरुको लागि कृष्टल तालिम मार्फत स्वरोजगार र अार्थिक अात्मनिर्भर बनाउने १४ दिने
कृष्टलद्वारा (हेण्डिक्राफ्ट)गमला तथा बिभिन्न सामाग्री बनाउने तालिम अाज सहभागीहरुलाई यातायात खर्च सहित प्रमाणपत्र दिएर समापन भएको छ ।
फागुन ४गते देखि सुरु भएको तालिमको प्रशिक्षकको रुपमा मनमाया बुढाथोकी ,रिया राई रहेका छन् । ३० जनालाई प्रशिक्षण दिने योजना रहेको तालिमको प्रशिक्षक मनमाया बुढाथोकीले जानकारी दिइन् ।
गढि गाउँपादपकाका ३०जना महिलाहरुको समुहलाई उक्त तालिम प्रदान गर्दै गढि गाउँपालिकाका लक्षित बर्गका महिलाहरुलाई स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लि इटहरीकी अध्यक्ष निर्मला चौधरीले बताइन।
तालिमको समापनका प्रमुख अतिथि गढिगाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादबले सहभागी हरुलाई शुभकामना दिंदै बेरोजगार महिलाहरुलाई रोजगार दिनका लागि प्रदेश मन्त्रालयको सहयोगमा संचालन भएको कार्यक्रममा तालिम बाट अार्थिक रुपमा आत्मनिर्भर बन्न र समाजरुपान्तर गर्न महिलाहरु समुदायको अहम भुमिका रहने हुदाँ महिला लक्षित सिप मुलक तालिम साथै ब्यावसाय संचालन गर्न उदेश्यले तालिम संचालन गरेको संस्थालाई धन्यवाद समेत यादबले दिएका छन । ब्यावसाय संचालन गरने भए अगामि दिनहरुमा सहयोग गरने समेत प्रतिबद्धता जाहेर गरेका थिए । अतिथि गढि गाउँपालिकाकि उपाध्यक्ष राजकुमारी चौधरी ,बडा अध्यक्ष अरुण कुमार चौधरी , पालिका सदस्य अनिता देवी
थरुनी ,सुनिता हुमागाई ,आई केयरकी निर्मला राई ,सुमन थापा ,कृष्णा थापा सर्मिला चौधरी लगायतका उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाकी प्रबन्ध निर्देश हेमा थुलुक गरुङले गरेका थिए।





