सुनसरी/ सुनसरीको गढी गाउँपालिकामा यहि मंसिर २५ गते देखि पुष ३ गते सम्म तेश्रो अध्यक्षकप फुटबल प्रतियोगिता हुँने भएको छ। गढी गाउँपालिका स्थित गढीको खेल मैदानमा हुँने अध्यक्षकप फुटबल प्रतियोगितामा गढी गाउँपालिकाका ६ वटा वडाका ८ वटा टिमहरु बिच प्रतिस्प्रधा हुँने गढी गाउँपालिकाको आयोजना तथा युथ फर प्लानिङ एण्ड एक्सन क्लबको संयोजनमा प्रतियोगिता हुने क्लबका अध्यक्ष सिताराम चौधरीले जनाएका छन।
फुटबल प्रतियोगितामा प्रथम हुँने टिमले ७१ हजार शिल्ड प्राप्त गर्नेछन भने दोश्रो हुँने टिमले ५१ हजार
र शिल्ड प्राप्त गर्ने र बिभिन्न बिधातर्फका उत्कृष्ट खेलाडीहरुलाइ पुरस्कृत गरिने क्लबका अध्यक्ष सिताराम चौधरीले पत्रकार सम्मेलन मार्फत जनाए।





