दुहबी/ सुनसरीको दुहबी ३ स्थित घर भएकि सजिमा खातुनलाई दाईजो नल्याएको भन्दै दुहबी २ स्थित खिकरटोलि घर भएका उनका श्रीमान सरताज मिया सहितका परिवार द्वारा निर्घात कुटपिट भएको भन्दै खातुनकि आमा अबिरुल खातुनले दुहबी प्रहरीमा उजुरी दिएकि छिन।
असार २२ गते आफ्नो श्रीमान सरताज मियासंग घर खर्चको लागि केही पैसा माग्दा श्रीमान सहितको घर परिवारले आफू माथी निर्घात कुटपिट गरी गम्भीर घाइते बनाई पछि सोही ठाउँको गाउँ समाजका मान्छेले प्रहरी लाई खबर गर्दा आफू बाच्न सफल भएको बताउदै माईती घरका आमाले उपचारका लागि दुहबीको सुनसरी सामुदायिक अस्पतालमा भर्ना गरी हाल सम्म पनि उपचार भई रहेको खातुनले बताए ।
खातुनका अनुसार बिगत २ बर्स अघि प्रेम बिबाहगरी दुबै जना राजी खुशी आफ्नो धर्म संस्कृती अनुसार विवाह भएको र दुबै जना बिच एक सन्तान समेत छ। उनले बिगत २ बर्स देखि प्रेम विवाहलाई अस्विकार गर्दै दाइजो न ल्याएको भन्दै श्रीमानको घर परिवारको सदस्यहरुले आफुलाई घरमा बस्न नदिए पछि भाडा घरमा बस्दै आएको बताइन।
खातुन भन्छिन आफ्नो श्रीमानको घर परिवारले पटक-पटक शारिरिक तथा मानसिक यातना दिएर भन्छन ५ लाख दाइजो नल्याएसम्म तिमीलाई घर भित्रीन दिदैनौ, पहिला ५ लाख पैसा आमा बुवासंग मागेर ल्याउ तेस पछि विचार गर्छु भन्दै पटक-पटक तनाव दिई रहेको हुनाले न्याको लागि सबै सरोकार बाला,महिला अधिकारकर्मि,संचारकर्मि, राजनीति
दल,मानवअधिकारकर्मिसंग अपिल समेत गरेकि छिन ।
सो विषयमा दुहबी प्रहरीसंग बुझ्दा अनुसंधान भई रहेकोले दोषी ठहरीए कानुनी कार्वाही गर्ने जनाइएको छ।





