दुहबी / मोरङको बुढीगंगा–३ स्थित हुलास वायर इण्डष्ट्रीजका मजदुरहरु आन्दोलित भएका छन् । श्रमऐनले दिएको अधिकार अनुसारको सेवा सुविधा माग गर्दै र ९३ जना मजदुरले पुन वहालिको माग राख्दै इण्डष्ट्रीजमा कार्यरत ७ सय बढी मजदुरहरु आन्दोलित भएका हुन् । मङ्गलबार हुलासका व्यवस्थापकले अचानक कुनै किसिमको सुचना नदिइकन उद्योगमा १० वर्षदेखि कार्यरत ९३ जना ज्यालादारी लगायत मजदुर हरुलाई निष्काशन गरेको थियो।
बुधबार बिहान काम गर्न जाँदा निष्काशन परेका एल्बे, ची.आई, वाटिङ र मेन्टेनेन्स फाँटका श्रमिकहरुले उद्योगमा प्रवेश पाएका थिएनन् । मजदुर संगठन र उद्योगबिच सहमति गर्ने उद्देश्यका साथ बुधबार बिहानै वार्ता भएपनि वार्ता टुंगो नलागेपछि श्रमिकहरुले आन्दोलन थालेको हुलास वायर इण्डष्ट्रीजमै कार्यरत मजदुर सुर्य कुमार गिरीले बताए।
६ महिना काम गरेपछि स्थाई नियुक्ति पत्र र उधोग भित्र मजदुरले काम सुरु गरेकै दिन देखी न्युनतम पारिश्रमिक लगायतका सेवा सुविधा पाउनुपर्ने श्रम कानुनमा प्रस्ट उल्लेख भएको नेपाल कारखाना श्रमिक संघ मोरङका अध्यक्ष श्रीप्रसाद साहले बताए।
अध्यक्ष साह भन्छन १० वर्षदेखि कार्यरत मजदुरलाई उद्योगले श्रमऐनले दिएको अधिकार बमोजिमको कुनै पनि सेवा सुविधा नदिएर अधिकांश मजदुरलाई बाध्य बनाई काममा लगाउने गरेको बताए।
बुधबार बिहान भएको वार्तामा उद्योगले विचार गर्नका लागि श्रमिकहरुसँग २ दिनको समय माग गरेको छ। तर यसअघि पनि उद्योगले कयौपटक समय माग गदैै श्रमिकहरुको माग सुनुवाई नगरी अटेर गरेको कारण आन्दोलन नै एकमात्र विकल्प भएको उद्योगका कार्यरत मजदुर कुमार माझीले बताए।
उनले भने, ‘हामी उद्योगद्धारा रोजगारविहिन बनाईएका श्रमिकहरुको साथमा छौं । उनीहरुलाई पुनः रोजगारी प्रदान नगरिएसम्म हामी काममा नफर्किने बताए ।
आन्दोलनरत मजदुुरहरुले भने नेपाल सरकारको श्रमऐन अनुसारको सेवा सुविधा पाउनुपर्ने तथा रोजगारविहिन बनाईएका मजदुरहरुलाई पुनः रोजगारी प्रदान गर्नुपर्ने माग गरेका छन् ।
सो बिषयमा थप जानकारी लिनका लागि उद्योगको प्रशासन विभागका प्रमुख रोहित रेग्मीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।




