दुहबी/ कांग्रेसको महाधिवेशनको रौनक सुरु भएसंगै दुहबी नगरपालिकामा सुरुवाति चरणमा ६ जनाको नाम नगर सभापतिको चर्चामा रहेको छ ।
कोरोना भाइरसले निम्ताएको लकडाउनमा समेत केन्द्रदेखि पालिकासम्म चर्चाको बिषय बनेको नेपाली कांग्रेसको महाधिवेशन लगभग निश्चित देखिएसंगै तल्लो तहका कार्यकर्ता देखी माथिलो तहका नेताहरुलाई अधिवेशनको रन्को लाग्न थालेको छ ।
साउन १२ गते वडा अधिवेशनबाट सुरु नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन भाद्र १६ १९ गते सम्म काठमाडौमा
हुदैछ । यस बिचमा साउन १६ गते पालिका , साउन २० गते क्षेत्रिय प्रदेश सभा , साउन २३ गते संघिय निर्वाचन क्षेत्रिय अधिवेशन एक निर्वाचन भएको जिल्लामा , साउन २६ गते जिल्ला अधिवेशन एक निर्वाचन क्षेत्र भन्दा बढि जिल्लामा र भाद्र १ र २ गते प्रदेस अधिवेशनको मिति संमसोधन गरेर केन्द्रीय समितिले मितिको निर्धारण गरेको छ ।
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले वडा तहदेखि नेतृत्वमा स्थापित रहन देशभर नै कार्यक्रताहरु सकरात्मक रुपमा प्रतीस्प्रधामा उत्रन आन्तरिक तयारी सुरु गर्न थालेका छन् । देशभरका सबै प्रदेस, जिल्ला , निर्वाचन क्षेत्र , प्रदेस
सभा , पालिका र वडामा महाधिवेशनको रौनकले कार्यक्रतालाई उत्साह थपेको समयमा सुनसरीको दुहबी नगरपालिकामा पनि कांग्रेसको नेताहरुलाई अधिवेशन लाग्न थालेको छ ।
१२ वटा वडा रहेको दुहबी नगरपालिका सुनसरीको क्षेत्र नं ३ मा पर्ने भएकाले नेताहरु आफु कहाँ स्थापित हुने भनेर जोर घटाउ गर्न थालेका छन् ।
राजनीति चेतना उच्च भएको दुहबी नगरपालिकामा नेपाली कांग्रेस सत्ता पक्षको रुपमा रहेको छ । सत्ता पक्षको भुमिकामा कांग्रेस कम्जोर बनेको आरोप लागि राख्दा १४ औं अधिवेशनबाट त्यो आरोप मेटेर सशक्त सत्ता पक्षको रुपमा रहेर आगमी स्थानिय तहको निर्वाचनमा पुन नेपाली कांग्रेसको नेतृत्व दुहबी नगरपालिकामा गराउने सभापति दुहबीमा कांग्रेसका कार्यकर्ताले खोजि रहेका छन्।
दुहबीमा नविकरण र नया थप गरेर ४३ सय क्रियासिल सदस्य रहेको छ। दुहबी नगरपालिकामा १ बर्ष अगाडि कांग्रेसबाट ११२६ र पुर्ब लोकतान्त्रिकबाट १२७४ गरि २४ सय कृयाशिल सदस्य बनाएर संमायोजनबाट नगर समिति बनाएको थियो भने अहिले १९ सय नया कृयाशिल सदस्य थप गरि ४३ सय क्रियाशिल सदस्य पुगेको छ।
दुहबी नगरपालिका बनेको एत्रो वर्ष पुग्न लाग्दा पनि साबिक गाबिसकै संरचना तोड्न नसकेको कांग्रेसको यो अधिबेशन नया संरचना मार्फत अधिकार सम्पन्न नगर समिति मार्फत आगमि स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन बर्तमान सभापतिमा पुर्ब कांग्रेस खेमाबाट गुलाबी मिया र पुर्ब लोकतान्त्रिक खेमाबाट खेम नारायण चौधरी,रमेश रौनियार,अशोक केसी रमेश चौधरी र सुबिर उपाध्यको नाम चर्चामा रहेको स्रोतले जनाएको छ।
केन्द्रमा कांग्रेसका नेता शेरबाहादुर देउवा र रामचन्द्र पौडेललाई मिलाइ रहेका नेपाली कांग्रेसका उपसभापति बिजय कुमार गच्छदारको गृह नगर दुहबी नगरपालिकामा पछिल्लो समय कांग्रेस र पुर्ब लोकतान्त्रिक खेमामा क्रियाशिल सदस्य वितरणमा बिबाद र नेतृत्व बिबाद समेत देखिएकोले कांग्रेस र पुर्ब लोकतान्त्रिक खेमाकाहरु एक भइ मिलेर न गए एस्को प्रत्यक्ष असर आगामी स्थानीय चुनावमा देखिने स्थानीयहरु बताउँछन्।





