दुहबी/ साथी मार्ट केन्दृय कार्यलय काठमाडौ तथा साथी मार्ट दुहबी शाखा कार्यलयले दुहबिका फ्रन्ट लाइनर पत्रकार हरुको टिम दुहबी प्रेस क्लब लाई स्वास्थ्य तथा सुरक्षाका सामाग्री हरु हस्तान्तरण गरेको छ।
आज दुहबी प्रेस क्लव तथा कोचिला खबरको कार्यलयमा उपस्तिथि हुँदै साथी मार्ट दुहबिका प्रोप्राइटर नन्दलाल अग्रवालले दुहबी प्रेस क्लब का अध्यक्ष प्रेम गिरि,वरिष्ठ उपाध्यक्ष अकबर अलि र सचिव अर्जुन खड्कालाइ संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका थिए।
बढ्दो कोरोना माहामारिको बिचमा पनि आफ्नो जिबनको प्रवाह नगरी जनता का समस्याहरुलाइ सर्वत्र पुराउदै साथै मैदानमा खटिएर नागरिकको जिउ धनको सुरक्षा गर्न अहोरात्र खटेको भन्दै अग्रवालले इलाका प्रहरी कार्यलय दुहबी ,ट्राफिक प्रहरी दुहबी र दुहबी प्रेश क्लबलाइ धन्यवाद स्वरुप हौसला प्रदान गर्न उक्त सामाग्री हस्तान्तरण गरेको बताए।
प्रोप्राइटर अग्रवालले दुहबी प्रेस क्लबलाइ ५०० पिस मास्क,२० पिस साबुन र २० पिस सेनिटाइजर हस्तान्तरण गरेका हुन। यतिनै परिणाममा ट्राफिक प्रहरी दुहबी र इलाका प्रहरी दुहबी लाई समेत उक्त सामाग्री हस्तान्तरण गरिएको अग्रवाल ले बताए।
साथी मार्ट दुहबिका प्रोप्राइटर नन्द लाल अग्रवालले लामो समय सम्म बन्दाबदी रहेकाले बिपन्न समुदायमा भोकमारिको समस्या बढ्दै गएको भन्दै उदारमनले आफुले जे जति सकिन्छ समाजलाइ योगदान गरौ भन्ने मनासाय रहेको हुदा दुहबी वडा नम्बर ६ का करिब २५ घर बिपन्न समुदायलाइ खाद्यान्न सामाग्री साथ्यै स्वास्थ्य सामाग्री आजै बितरण गरिएको बताए।
रास्टृय बिपदको बेला सहयोग भन्ने चिज आफ्नो हैसियत अनुसार जे जति गरेपनी सहयोग नै रहन्छ।भनिन्छ धन हुनेको मन हुदैन,मन हुनेको धन हुदैन,तर मन भएपछी केही न केही समाजलाइ सहयोग गर्न सकिन्छ भन्ने सहयोगी मन भएका दुहबी निवासी अग्रवाल बाट प्रेरणा लिन सकिन्छ।





