दुहबी/ सुनसरी को दुहबी वडा नम्बर ६ कालिमन्दिर मा अस्थायी रुपमा कोठा भाडा गरि बस्ने बर्ष ७६ का जय प्रसाद ढकाल अहिले जीवन मरणको दोसाधमा छन। लामो समय देखि मुटुरोगी ढकाल केही दिन देखि स्वास प्रस्वास मा कठिनाइ साथै ज्वरो अनि कमजोरी का कारण हिडडुल समेत गर्न नसक्ने रहेकाले स्थानिय समाजसेवी,दात्री संघ सस्था हरु सग जीवन बचाइदिन हारगुहार मागेका छन।
आर्थिक अवस्था अत्यन्तै दयनिय रहेका वृद्ध ढकाल सग एक श्रीमती रहेको साथै उनकी श्रीमती पार्वती बोर्डिङ्ग स्कुलमा ४/५ हजार कमाइ गरि ल्याएर कोठाभाडा अनि खाना नाना को जोहो गरेको भएपनी कोरोना कारण ले स्कुल बन्दा हुदा काम नभएको ले अन्य आम्दानी शून्य रहेकाले खान साथै स्वास्थ उपचारमा कठिनाइ रहेको एक स्थानियले बताए।
एक स्थानिय नागरिकका अनुसार दुहबिमा निज ढकाल को आफन्त थुप्रै भएपनि कोहि कसैले नहेरेको भन्दै गुनासो पोखे।तर निज ढकालका आफन्त को को हुन भनेर नाम खुलाउन भने चाहेनन।
मान्छे किन जन्मिन्छ?किन बूढो हुन्छ?किन रुन्छ?किन मर्छ? यस्तै यस्तै कुरा सोच्दै चिन्ता र चिन्तन गर्दा गर्दै सिद्द्दार्थ गौतम चै बुद्ध बने।तर अहिले आफुलाइ बुद्दिमान ठान्नेहरु यी सबै चिन्ता चिन्तन भुल्दै गएर बुद्दु बने।
वृद्ध ढकाल को नागरिकता नम्बर प्रष्ट नभएका कारण अहिलेसम्म वृद्ध भत्ता पाएका छैनन भन्दै ती स्थानिय नागरिकले भने यदि उक्त वृद्ध भत्ता पाएको भए कमसेकम उपचार साथै दैनिकिमा केही राहत हुने थियो।
ती वृद्ध ढकाल को अवस्था दिनदिनै प्रतिकुल बन्दै गैरहेको हुदा सम्पुर्ण नगरबासी हरुले भगवानको नाउमा स्वास्थ्यदान गरिदिए पुन्य हुनेथियो भन्दै भाव बिब्वहल मुद्रामा गुनासो पोखे।




