• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

कालोबजारी गर्न लुकाएको रेमडिसिभिर अस्पतालको फार्मेसीबाट बरामद

काेचिला खबर by काेचिला खबर
05/18/2021
in FEATURE, समाज, स्थानीय, स्वास्थ्य
91
SHARES
412
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेजभित्रको फार्मेसीले कालोबजारी गर्न रेम्डिसिभिर लुकाएर राखेको पाइएको छ ।

औषधी व्यवस्था विभाग विराटनगर र मोरङ प्रहरीले गरेको अनुगमनको क्रममा विराटभित्र रहेको फार्मेसीले लुकाएर राखेको २४ भाइल रेमडिसिभिर इन्जिेक्सन बरामद भएको हो ।

गम्भीर र कडा लक्षण भएका कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेमडिसिभिर नपाएर विरामीका आफन्त भौतारिरहेको बेला कालोबजारी गर्ने उद्देश्यले फार्मेसीले रेमडिसिभिर लुकाएको हो । कोरोना संक्रमितको उपचार गर्दै आएको अस्पतालमा केही दिन अगाडि ३ सय भायल रेमडिसिभिर आएको थियो ।

अस्पतालमा रेमडिसिभिर आएको सूचनापछि विरामीका आफन्तले माग गर्दा फार्मेसीले सकिएको बताएपछि सोमबार अनुगमन गरिएको थियो । अनुगमनको क्रममा लुकाएर राखिएको अवस्थामा २४ भाइल रेमडिसिभिर भेटिएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जिव शर्मा कट्टेलले जानकारी दिए ।

‘विराट टिचिङ्ग हस्पिटलभित्रको फार्मेसीले रेमडिसिभिर सकिएको भन्दै विरामीका आफन्तलाई फर्काएको जनगुनासो आएपछि विभागले गरेको अनुगमनको क्रममा लुकाएर राखिएको इन्जिेक्सन भेटिएको हो’ उनले भने, ‘लुकाएको इन्जिेक्सन विरामीलाई सामानुपातिक ढंगले सरकारले तोकेको दररटेमा बिक्री गर्न निर्देशन दिएका छौं ।’

रेमडिसिभिर आयात गरेपछि फार्मेसीले अभिलेख राख्नुपर्ने नियम छ । त्यसमा २४ भायल रेडिसिभिरको रेकर्ड नै तलमाथि देखिएको विभागले जनाएको छ । रेमडिसिभिर लुकाएर राख्नुको कारण कालोबजारीको प्रयास भएको विरामीको आफन्तले बताएका छन् ।

फार्मेसीमा विरामीको आफन्त जाँदा नपाइने सो इन्जेक्स सरकारले तोकेको मूल्यभन्दा तीन गुणा बढी मूल्यमा खरिदबिक्री हुने गरेको छ । कोरोना संक्रमितको उपचार गर्ने अस्पताल अगाडिको फार्मेसीबाट गिरोह परिचालन गरेर कालोबजारी हुने गरेको संक्रमितका आफन्तले बताएका छन् ।

कोरोना संक्रमित धेरै विरामीको उपचार गरिरहेको विराट र नोबेल मेडिकल कलेज आसपासमा रहेका फार्मेसीहरूमार्फत रेमडिसिभिरको कालोबजारी हुने गरेको छ । सरकारले कम्पनी अनुसारको रेमडिसिभिर इन्जेक्सनको मूल्य ४ हजार ८ सयदेखि ५ हजार २ सय रूपैयाँसम्म छ । तर, महामारीको फाइदा उठाउँदै गिरोहले १५ हजारदेखि २५ हजार रूपैयाँसम्ममा रेमडिसिभिर बिक्री गर्दै आएका छन् ।

सिकिस्त कोरोना संक्रमितलाई रेम्डेसिभिर सिफारिस भएपछि कोरोना अस्पतालबाट परिवारलाई फोनमार्फत जानकारी गराइन्छ,’ एक संक्रमितका आफन्तले भने, ‘तपाईको विरामीलाई इन्जेक्सन चलाउनुपर्दछ । चाँडै जोहो गर्नुहोला भन्ने खबर अस्पतालबाट आउँछ ।’ अस्पतालमा कहाँ पाइन्छ भनेर सोधेपछि¬ दलालसम्म पुगेर प्रतिभायल १५ हजारदेखि २५ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ ।

अहिले नेपालमा कडा लक्षणसहितका संक्रमितको संख्या बढन थालेपछि यसको माग पनि बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले करिब ६ महिनाअघि नै कोभिड–१९ को उपचारमा ‘रेमडिसिभिर’ उपयुक्त नभएको बताएपनि यसको प्रयोग रोकिएको छैन ।

सहजै उपलब्ध नहुने यो खोप चिकित्सकले सिफारिस गरेपछि ‘ज्यान जोगाउने आसमा’ बिरामीका आफन्तले महंगो मूल्यमा किन्ने गरेका छन् । रेम्डेसिभिरलाई कोभिड–१९ को उपचारमा जीवन रक्षकका रूपमा नभई आपतकालीन स्थितिमा उपयोगका लागि मञ्जुरी दिइएको छ । यसको उपयोगले कोभिड संक्रमितको ज्यान जोगाउन सकेको हालसम्म भएका अध्ययनमा देखिएको छैन ।

यसअघि विराटनगरमा नक्कली रेमडिसिभिर इन्जेक्सन बनाएर बिक्री गर्ने गिरोहको समूहलाई प्रहरीले पक्राउ गरेको थियो । नक्कली रेमडिसिभिर बनाउने नोबेल मेडिकल कलेज अगाडि रहेको ‘साथी फार्मेसीका’ सञ्चालक विराटनगर १० का २६ वर्षीय सोनु आलम र कामदार विराटनगर १६ का २३ वर्षीय श्रवणकुमार यादव पक्राउ परेका थिए ।

उनीहरूले वीरगन्जमा उत्पादन हुने ज्वरो र छाती दुख्दा प्रयोग गरिने ‘स्टासेफ’ नामको एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेभल लगाउँदै नक्कली रेमडिसिभिर तयार पारेर कोरोना संक्रमितका आफन्तलाई बिक्री गर्दै आएका थिए । ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सनको बोत्तलमा रेमडिसिभिरको लेभल लगाएर ८ हजारदेखि २० हजार रुपैयाँसम्म उनीहरुले बिक्री गरेको पायएको छ ।

सो समूहले २५० भाइल नक्कली रेमडिसिभिर बनाएर बिक्री गरेको खुलेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘पक्राउ परेको गिरोहले ठूलो संख्यामा विरामीलाई नक्कली रेमडिसिभिर बिक्री गरेको बयानको क्रममा स्वीकार गरेका छन्,’ एसपी खड्काले भने, ‘नक्कली रेमडिसिभिर एजेन्टमार्फत किनेबेच हुने गरेको खुलेको छ । त्यो गिरोहलाई पनि फक्राउ गर्न लागि परका छौं ।’
प्रहरीले व्यवसायीका रुपमा चिनिएर औषधिको कारोबार गर्ने ती एजेन्टको पनि खोजी तीव्र पारेको छ ।हाम्रोमतबाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

03/12/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist