दुहबी/ सुनसरीको दुहबी ३ स्थित संचालनमा रहेको गणेश भेनीयर प्लाइउड उधोगले बाल मजदुर प्रयोग गरी श्रम शोसन गरेको पाइएपनी सरोकारवालाहरु बेखबर रहेको छ।
सो उद्योगमा कार्यरत महिला मजदुर निसा कर्मकारका भनाइ अनुसार आफुहरुलाई बिगत १ बर्षदेखि उधोगमा १० घन्टा काम गरे बापत ३३० रुपैया मात्र दिने गरेको गुनासो गरेकि छिन ।
सोही उद्योगमा काम गर्ने अर्कि महिला मजदुर रीता उराँव भन्छिन आफुहरुले उधोग व्यवस्थापकसंग पटकपटक पैसा बढाउन माग गर्दा उधोग व्यवस्थापकले अटेर गरेको बताईन ।
सोही उद्योगकि मजदुर बासु चौधरी भन्छीन उधोग व्यवस्थापक संग पैसा बढाउन माग राख्दा कामबाटनै निकाल्ने धम्कि दिने गरेको बताईन।
महिला मजदुर पुनिता ऋषिदेवले नेपाल सरकारको श्रम ऐनले देको कुनै पनि सेवा सुबिधा उद्योगबाट आफुहरुले नपाएको गुनासो गरिन ।
सो उद्योगमा बाल मजदुर समेत प्रयोग गरिएको देखा परेको छ। सो उद्योगमा मजदुरले खानाखाने क्यान्टिन नभए पछि मजदुर हर उधोग हाता भित्र रहेको फोहोरमा बसि खाना खांदा अझ विभिन्न रोगको शिकार हुने देखिन्छ।
सोही उद्योगका मजदुरहरुको भनाइ अनुसार चरम श्रम शोषण गरि जोखिम पुर्न काम गर्न बाध्य पारिरहेको बताए।
एक मजदुरको भनाइ अनुसार उधोग व्यवस्थापकले काठको गोल्या बोक्न लगायत जोखिम पुर्ण काम लगाउदा समेत नेपाल सरकारले तोकेको आठ घन्टा बराबर ५१७ ज्याला नपाउदा आफुहरुकोलागि देशमा कुनै कानुन नभएको जस्तो बुझेको दुखेसो समेत पोखे ।
सो विषयमा गणेश भेनीयर प्लाइउड उद्योगका संचालक ओम प्रकाश रौनियारसंग सो विषयमा बुझ्न् बारम्बार फोन सम्पर्क गर्दा उनको फोन उठेन।





