अर्जुन खड्का/दुहबी
दुहबी/”जनता संग नगर प्रमुख कार्यक्रम” अन्तरगत दुहबि नगरपालिका ले नगरभरि सन्चलन गरेको निशुल्क आखा उपचार कार्यक्रम को छैठौं दिन दुहबि ७ नम्बर को भलुवा स्वास्थ्य चौकि मा सम्पन्न भएको छ। उक्त कार्यक्रम अन्तर्गत वडाका जलबिन्दु,मोतियाबिन्दु र आखामा माशुपलाएका २७५ जना बिरामिहरुले सेवा लाभ लिएका थिए। ति मध्य ७३ जना मोती बिन्दु र ११ जना आखामा माशु पलाएका बिरामि फेला परेका थिए। लामो समय देखि उक्त रोग बाट पिडित वडाबासि हरुले आफु सग पैसा नभएकै कारण उक्त रोग बाट पिडित रहनु परेपनि अहिले जनताका लोकप्रिय मेयर बेद गच्छदार भगवानको रुपमा प्रकट भएर हामिलाइ दृस्टी दान दिएको एक आखा रोगि ले बताए।
उक्त आखा क्लिनिकमा नगर प्रमुख बेद गच्छदार स्वयम उपस्थित भै बिरामि हरुको स्वास्थ्य अबस्था र उपचार मा खटिएका स्वास्त्ग्य कर्मचारि हरुको सेवा प्रदान शैलि बारेमा बुझ्नु भएको थियो ।
गच्छदार ले गत आर्थिक बर्ष देखि नै नगरका सबै नागरिक लाइ आखा सम्बन्धि रोगको निदानका लागि निशुल्क उपचार उपलब्ध गराउदै आएका छन। पछिल्लो समय यहि र यस्तै कार्य गरि हरेक गाउटोलमा लोकप्रियता कमाएका छन। बास्तबमा जनताले स साना कामको अपेक्षा राखेका हुन्छन जस्ले उनिहरुको जिबनशैलि लाइ राहत दिनेछ।
आर्थिक बर्ष ७७/७८ मा मात्रै अहिलेसम्म १२९७ जनाले उक्त सेवा लिइ सकेका छन भने गत साल ३३३ जनाले सेवा लिएका थिए। उपचारमा लाग्ने सम्पुर्ण खर्च नगरपालिका ले बेहोर्दै आएको छ।
जनता सग नगरप्रमुख कार्यक्रम अन्तर्गतको निशुल्क आखा उपचार का अहिलेसम्म का सम्पुर्ण बिरामिलाइ बिराटनगर आँखा अस्पताल रानि पठाइएको स्वास्थ्य कर्मचारी उचित नारायण साह ले बताए ।





