गढि / सुनसरीको गढी गाउँपालिका-२औराबनीमा १दिने गुनासो सुनुवाइ सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ।गढी गाउँपालिकाको सहयोगमा र जनजागरण महिला समाज संस्था इनरुवा सुनसरीको आयोजनामा१दिने गुनासो सुनुवाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।सो कार्यक्रम गढी खानेपानीको सभा हलमा सम्पन्न भएको हो।कार्यक्रम ५०जना किशोरी तथा महिलाहरुको उपस्थिती रहेको थियो।सो कार्यक्रमलाई पत्रकार जयकृष्ण यादवले सहजीकरण गर्नु भएको थियो।१दिने गुनासो सुनुवाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रममा गढी गाउँपालिका भित्र भएको बिकास निर्माण,शिक्षा सम्बन्धि ,सरसफाइ सम्बन्धि ,खेलकुद सम्बन्धि ,जन्ताले पाउनुपर्ने सुचनाको हक सम्बन्धि ,बाटोघाटो निर्माण सम्बन्धि,सुध्द खानेपानी सम्बन्धि भएको कमि कमजोरीहरुलाइ बिषय बस्तु बनाएर प्रस्तुत गरिएको थियो र अन्य बिबिध बिषय सम्बन्धि चर्चा र गुनासो प्रस्तु गरिएको थियो ।सो कार्यक्रम जनजागरण महिला समाज संस्था इनरुवाकी अध्यक्ष कमला पोखरेलको अध्यक्षतामा भएको हो।सो कार्यक्रमको प्रमुख अतिथी गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव बिशिस्ट अतिथि गढी गाउँपालिकाकी उपाध्यक्ष श्री राजकुमारी चौधरी बिशिस्ट अतिथी गढी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत भुपध्वज थापा अतिथी दुहबी नगरपालिका-नम्बर ९ का वडा अध्यक्ष मेहदी हुसैन लगाएत गढी गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरु सदस्यहरुको उपस्तिथि रहेको थियो।





