दुहबी/सुनसरीको दुहबीमा किशोरी समुहको सदस्यहरुलाई ७ दिने किशोरी शिक्षा सम्बन्धि तालिमको शुक्रबार समापन भएको छ। तालिम समापनका प्रमुख अतिथि दुहबी नगरका प्रमुख बेदनारायण गच्छदारले किशोरीहरुले भोग्नुपर्ने समस्याको निराकरण गर्नकालागि सामाजिक हिंसा बाट जोगाउने उदेश्यले किशोरीहरुलाइ जिबिकोपार्जनको शिक्षामा पहुँच बढाउन सकिने बिश्वास व्यक्त गर्नुभयो। दुहबीको ५ वटा वडाहरु दुहबी २,७ र १०, ११, १२ का २५ जना किशोरीहरुलाई दुहबी ७ स्थित सिंचाइ भवनमा आवश्यक ब्यबहारिक तालिम दिइएको आयोजक संस्था आवाज नेपाल सुनसरीकि अध्यक्ष मेनुका खतीवडाले बताउनुभयो। दुहबी नगरपालिका महिला बिकास शाखाकि अधिकृत दिपा दाहालले प्रशिक्षण दिइने जनाइएको छ।




