दुहबी / केपी ओली सरकारको असबैधानीक कदम विरुद्ध नेपाली काँग्रेसले वडास्तरमा वृहत प्रदर्शन गरेको छ ।
नेपाली काँग्रेस दुहबीले १२ वटै वडामा वृहत प्रदर्शन गरेको हो ।नेपाली काँग्रेसले वडाहरुमा बिरोध प्रदर्शन गर्दै केपी ओली सरकारको चर्को आलोचना गरे ।
सरकारले संसद बिगठन गरेको बिषयलाई लिएर काँग्रेसले केहि सयम देखि सडकमा विरोध प्रदर्शन गर्दै आएको छ । दुहबी ४ को वडास्तरमा बिरोध सभामा बोल्दै नेपाली काँग्रेस दुहबीका नगर सभापति गुलाबि मिंयाले सरकार देखि वडास्तरको जनता सम्म दुखी भएको बताए ।
गाउँ गाउँमा केपी ओली सरकार विरुद्ध आफुहरु सडक संर्घष गरिरहेको बताए ।उता दुहबी ९ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस सुनसरी क्षेत्रनम्बर ३ का सभापती मेहदि हुसेनले केपी ओलीका कारण देशको कानुन र देश नै संकटमा परेको भन्दै आगमी दिनमा कम्युनिष्टलाई भोट नदिन जनतालाई संग आग्रह गरेका थिए ।
दुहबीको सबै वडामा उल्लेखनीय रुपमा काँग्रेस कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।