दुहबी / सुनसरीको गढि गाउँपालिका वडा नम्बर २ स्थित खानेपानीको सभा हलमा आइतबार देखि एक महिने व्युटीपार्लर तथा केशश्रृंगार तालिम सुरु भएको छ । गढि गाउँपालिकाको सहयोग तथा ग्रामीण महिला उत्थान मञ्च दुहबी ५ सुनसरीको आयोजनामा उक्त तालिम सुरु भएको हो ।
एक कार्यक्रमका बिच तालिमको उद्घाटन गर्दै गढि गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति श्री प्रसाद यादवले तालिम लिइ आयआर्जन मार्फत आत्मनिर्भर भए मात्र तालिमको सार्थकता रहने बताए ।
गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अथिती राज कुमारी चौधरीले महिला अगाडी बढे मात्र समाज र राष्ट्र अगाडी बढ्ने भएकोले गाउँपालिकाले महिलाहरुको लागि विभिन्न खालका सिपमुलक तालिम प्रदान गर्दै आएको बताइन्
तेसै गरि गढि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका विशिष्ट अथिती प्रमोद कुमार चौधरीले महिला हरु आत्म निर्भर बने मात्र समाज र देशको विकास हुनेमा जोड दिएका थिए ।
सो कार्यक्रममा वडा अध्यक्ष हरु लगायत गढि कार्य पालिकाको सदस्य हरु , प्रहरी , पत्रकार हरुको समेत उपस्थिति रहेका थिए । १ महिने व्युटीपार्लर तथा केशश्रृंगार तालिमका प्रसिक्षक तुलसा नेउपाने रहेकि छिन ।
ग्रामीण महिला उत्थान मञ्च संस्थाकि अध्यक्ष सुनिता बिश्वासको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो भने तालिममा २५ जना महिला हरुको सहभागिता रहनेछ ।





