• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

विराटनगरको म्याक्स अस्पतालको अटेरी प्रशासनले बन्द गर्न निर्देशन दिएको अस्पतालमा संक्रमितको मृत्यु

काेचिला खबर by काेचिला खबर
11/24/2020
in स्थानीय
53
SHARES
241
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले तत्काल कोरोना भाइरस संक्रमितको उपचार बन्द गर्न निर्देशन दिएको विराटनगरको म्याक्स अस्पतालमा एक जना संक्रमित महिलाको मृत्यु भएको घटना बाहिरिएको छ ।

बिना अनुमति कोभिड अस्पताल सञ्चालन गरेर संक्रमितको उपचार गरिरहेको पाइएपछि गत कात्तिक २१ गते प्रशासनले बन्द गर्न निर्देशन दिएको थियो । अस्पतालले प्रशासनको निर्देशनको पालना नगरिकन आफूखुसी संक्रमितलाई भर्ना लिँदै उपचार गरिरहेको हो । निर्देशन अवज्ञा गर्दै अस्पतालले नयाँ संक्रमितको भर्ना लिएर उपचार गरिरहेको फेला परेपछि प्रशासनले छानबिन थालेको छ ।

विराटनगरको महेन्द्र चोकमा सञ्चालनमा रहेको अस्पतालले कात्तिक पहिलो साताबाट अन्य सेवा बन्द गरेर संक्रमितको उपचार सुरु गरेको थियो । हालसम्म म्याक्स अस्पतालमा उपचाररत ११ संक्रमितको ज्यान गइसकेको छ ।

पछिल्लो समय उदयपुर घर भएकी कोरोना संक्रमित महिलाको आइतबारसाँझ ६ः३० बजेतिर मृत्यु भएपछि अस्पतालले निर्देशन उल्लंघन गर्दै बद्मासीपूर्ण ढंगबाट संक्रमितको उपचार गरिरहेको खुलासा भएको हो । अत्याधिक रक्तश्राव भएकोभन्दै उपचारका लागि शनिबार भर्ना गरिएकी उदयपुरको त्रियुगा नगरपालिका–३ की ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।

अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले भर्ना गरेर उपचार थालेपछि महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । उनका अनुसार रक्तश्राव भएपछि र मुटुमा समस्या देखिएकोभन्दै ल्याइएकी महिलाको स्वास्थ्य अवस्था गम्भीर थियो । अरु अस्पताल पठाउनसक्ने सम्भावना नभएकाले भेन्टिलेटरमा राखेर उपचार थालिएको भए पनि बचाउन नसकिएको मेहताले बताए ।

‘भेन्टिलेटरमा राखिएकी संक्रमितको मृत्यु भयो,’ उनले भने, ‘सुरुमा नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएकी महिलालाई थप उपचारका लागि म्याक्समा पठाइएको हो ।’ मेहताले प्रशासनको निर्देशनपछि नयाँ संक्रमितलाई भर्ना गर्न छाडिएको बताउँदै अर्को अस्पतालबाट रेफर भएर आएकाको भने उपचार जारी राखिएको जनाए ।

संक्रमितको उपचार गर्ने नाममा कोरोना अस्पताल सञ्चालन गरेर चर्काे शुल्क असुलेको प्रशासनको भनाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बिना अनुमति मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि बन्द गर्न निर्देशन दिएको भए पनि अस्पतालले अटेर गरिरहेको पाइएको बताए । ‘अनुमति नलिइ र संक्रमितको उपचार गर्ने कुनै पनि मापदण्ड पूरा नगरिकन कोरोना अस्पताल सञ्चालन गरेको पाइयो,’ उनले भने, ‘उपचारका लागि आउने संक्रमितसँग दैनिक ८० हजारसम्म शुल्क उठाएको गुनासो आएपछि अनुगमन गरेर बन्द गर्न निर्देशन दिइएको हो ।’

प्रजिअ निरौलाले बन्द गर्न निर्देशन दिएको अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु भएको विषयमा छानबिन थालिएको जानकारी दिए । ‘संक्रमितलाई दिइने खाने कुरा र बस्ने बेडको व्यवस्था पनि राम्रो नभएको तथा न्यूनतम मापदण्ड पूरा नगरी गाईको गोठजस्तो अस्पताल सञ्चालन गरेको पाइएपछि लिखित स्पष्टिकरण सोधेर बन्द गरिएको थियो,’ उनले भने, ‘तर नयाँ संक्रमितलाई भर्ना गर्दै उपचार गरिरहेको खुलेका कारण कारबाही अघि बढाउन छानबिन थालिएको छ ।’

उपचार बन्द गर्न निर्देशन दिएको अस्पतालमा संक्रमितको मृत्यु भएको बाहिरिएपछि प्रशासनले सोमबार दिउँसो पुनः अनुगमन गरेको छ । प्रजिअ निरौलाले अनुगमन टोलीले बुझाएको प्रतिवेदनका आधारमा अस्पतालमाथि कारबाही अघि बढाइने बताए । उनका अनुसार अस्पतालले संक्रमितको उपचार गर्ने नाममा जानाजान लापरबाही गरिरहेको र अकालमा मानिसको ज्यान गइरहेको पाइएको छ ।

महामारीमा लापरबाही किन गरेकोभन्दै प्रशासनले यसअघि नै स्पष्टिकरण सोधिसकेको पनि छ । स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएको अस्पतालले पुनः संक्रमितको भर्ना लिएर उपचार थालेको र बिरामीको मृत्यु नै भएको पाइएपछि अब भने संक्रामक रोग निवारण ऐन २०२० अनुसार कारबाही अघि बढाइने निरौलाले बताए ।

अस्पतालका प्रशासन प्रमुख मेहताले अस्पतालले कोरोना संक्रमितको उपचारका लागि दैनिक १० हजार, १५ हजार, २० र ३० हजार शुल्क तोकेको दाबी गरे । उनका अनुसार भेन्टिलेटरमा बस्ने बिरामीले मात्रै दैनिक ३० हजार शुल्क तिर्नुपर्छ । ‘सामान्य शुल्कमा संक्रमितको उपचार गरिरहेका थियौं,’ उनले भने, ‘एक्कासि प्रशासनले बन्द गरिदिएपछि नयाँ संक्रमितलाई भर्ना लिइएको थिएन ।’

मेहताले नयाँ संक्रमितलाई भर्ना नलिएको दाबी गरिरहँदा अहिले पनि अस्पतालमा तेह्रथुम घर भएका ६१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचार भइरहेको छ । उनले ती पुरुषलाई प्रशासनले अस्पताल बन्द गर्नुअघिनै उपचारका लागि भर्ना गरिएको दाबी गरे ।

उनले कोरोना संक्रमितको उपचारका लागि अस्पतालले स्वीकृति लिन आवश्यक नरहेको दाबी गरे । ‘सरकारले नै प्रत्येक अस्पताललाई ५० प्रतिशत बेड संक्रमितको उपचारमा छुट्याउन निर्देशन दिएको छ,’ मेहताले भने, ‘यस्तो अवस्थामा संक्रमितको उपचार गर्न अनुमति लिइरहनु पर्दैन ।’ उनले संक्रमितको उपचार गर्न सरकारले तोकेको सबै मापदण्ड पूरा भएको अवस्थामा प्रशासनले बन्द गर्न किन निर्देशन दिएको हो भन्ने बारेमा खोजी थालिएको बताए ।

उनले स्थानीय सरकारले भने अस्पताल सञ्चालनका लागि अनुमति दिएको बताए । ‘हामीसँग सबै पूर्वाधार तयारी छ । त्यही भएर संक्रमितको उपचार गर्न थालेका हौं,’ उनले भने, ‘सरकारको नियम मान्ने हो भने संक्रमितको उपचार गर्न अनुमति लिइरहनु पर्दैन । अस्पताल सञ्चालनको अनुुमति भने यसअघि नै लिइसकिएको छ ।’

तर प्रशासनको पत्रपछि अस्पतालले नयाँ बिरामी भर्ना गर्न छाडेको उनको दाबी छ । ‘नयाँ बिरामी भर्ना लिएका छैनौं,’ उनले भने, ‘पहिलेदेखि नै उपचाररत बिरामीलाई भने उपचार गरेर घर पठाइयो भने केही बिरामीको उपचारका क्रममा ज्यान पनि गयो ।’ सरकारले तोकेको शुल्कका भरमा संक्रमितको उपचार गर्न नसक्ने बताउँदै मेहताले कोभिड अस्पताल सञ्चालनका विषयमा छलफल भइरहेको उल्लेख गरे ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist