जिल्ला प्रशासन कार्यालय सुनसरीले पुन: जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रशासनले सोमबारदेखि मंसिर ६ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० वमोजिम निषेधाज्ञा लगाएको प्रशासनले जानकारी दिएको छ
जिल्ला प्रशासन कार्यालयले तिहारमा देउसी, भैलो खेल्न समेत प्रतिबन्ध लगाएकाे छ । प्रशासनकाे याे आदेश सँगै ७७ सालकाे तिहारमा सुनसरीमा देउसी भैलो खेल्न नपाइने भएको छ ।
यस्तै जुवा,तास खेल्न नदिने, मेला जात्रा सञ्चालन र भजन कृतनमा समेत रोक लगाईएको छ । सार्वजनिकरुपमा नदी, तलाउ तथा पोखरीहरुमा छठ पर्व मनाउन पनि प्रशासनले रोक लगाएको छ । साथै सामुहिक भेला हुने सबै क्रियाकलापमा रोक लगाइएकाे छ ।





