• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

ऋषिदेव परिवार भन्छन जग्गा हडप्न नपाएपछि श्रीमानको हत्या भयो,प्रहरी भन्छः आत्महत्या हो

काेचिला खबर by काेचिला खबर
11/08/2020
in स्थानीय
91
SHARES
414
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / विराटनगर महानगरपालिका १६ दरैया बस्तीको चौठीटोलमा बस्ने करनीदेवी ऋषिदेवेले जग्गा हडप्न खोज्नेहरुले आफ्ना ३० वर्षीय श्रीमान राजेश ऋषिदेवको हत्या गरेपनि उनीहरुलाई कुनै कानूनी कार्वाही नभएको गुनासो गर्नुभएको छ

मजदुरी गरेर कमाएको पैसाले टोलमा जोडेको एक कठ्ठा ऐलानी र ४ धुर नम्बरी जग्गामा स–परिवार बसोवास गर्दै आएकोमा श्रीमान राजेशको गत असार १९ गते छिमेकीहरुले कुटपिट गरेर हत्या गरेको २७ वर्षीया करनीदेबीको दाबी छ ।

पीडितको अनुसार छिमेकी गंगवा मण्डलले सो जग्गामा दाबी गर्दै आएका थिए । सोही विषयमा गत असार १९ गते जग्गा नापी भएको थियो । नापी गर्ने क्रममा ऋषिदेव परिवारको जग्गामा भएको घर आफ्नो भन्दै छिमेकी मण्डलले भत्काउन दबाब दिएका थिए । सोही दिन ऋषिदेव परिवारको घर अगाडि भएको दिनाभद्री भगवानको मन्दिर पनि उनीहरुले भत्काइदिएका थिए ।

आफूले रगतपसिना बगाएर जोडेको घर भत्काउन भनेपछि डकर्मीको काम गर्ने राजेशले प्रतिबाद गरेका थिए । सानो जाति भएर बढी मुख चलाएको र भनेको नमानेको भन्दै छिमेकीहरु कन्हैया मण्डल, देवान मण्डल, गंगवा मण्डल, हरेराम र अनिल मण्डलले मरणासन्न हुनेगरि कुटपिट गरेकोमा राजेशलाई सोहि दिन घरभित्रको कोठामा झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

परिवारले छिमेकै कुटाइबाट राजेशको हत्या भएको र पछि कोठामा लगेर झुण्ड्याएको दाबी गर्दै किटानी जाहेरी दर्ता गराउन खोजेपनि प्रहरीले आधार र प्रमाण नभएको भन्दै किटानी जाहेरी दर्ता गर्न मानेन । प्रारम्भिक अनुसन्धानमै प्रहरीले घटनालाई आत्महत्या बताएको पीडितको गुनासो छ ।

प्रहरीले राजेशको मृत्यु आत्महत्याकै कारण भएको र हत्याको कुनै प्रमाण फेला नपरेको जनाएको छ । घटनाको अनुसन्धान गरेका इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर दिपक थापाले जग्गाको झगडामा कुटपिटमा घाइते भएपछि बैरागिएर राजेशले घरभित्र पसेर दैलो थुनेर आफै झुण्डिएर आत्महत्या गरेको दावी गर्नुभयो ।

मृतकको पोष्टमार्टम रिपोर्टमा पनि झुण्डिएर मृत्यु भएको भन्ने आएको प्रहरीले जनाएको छ । पोष्टमार्टमा प्रतिबेदनमा मृतक राजेशको शरिरमा कुटपिटको चोटपटक पाइएको थियो । तर, प्रहरीले त्यसमा पनि कुनै कार्वाही चलाएन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

05/22/2025
पशुपति आइरन व्यवस्थापन र आन्दोलनरत पक्ष बिच ६ बुदे सहमती भोलि बाट उद्योग संचालन हुने ।

पशुपति आइरन व्यवस्थापन र आन्दोलनरत पक्ष बिच ६ बुदे सहमती भोलि बाट उद्योग संचालन हुने ।

05/20/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist