दुहबी / २२ कात्तिक । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुहबीकि एक वृद्धा महिलाको मृत्यु भएको अस्पतालका प्रसाशन प्रमुख नारायण दाहालले बताएका छन ।
सुनसरीको दुहवी–९ की ६८ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा नोबेलमै शुक्रबार राति मृत्यु भएको छ । दाहालका अनुसार कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि वृद्धालाई अस्पताल भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा राति नौ बजेतिर मृत्यु भएको अस्पतालले जनाएकोछ भने नेपाल सरकार स्वास्थ्य मन्त्रालय बाट पुष्टि हुन बाकी रहेकोछ । यता दुहबीमा कोरोना संक्रमित बाट मृत्यु हुनेको संख्या १० पुगेको हो ।