• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

विराटनगरका निजी अस्पतालले संक्रमितको उपचारका नाममा लुट मच्चाएको भन्दै सर्वत्र विरोध

काेचिला खबर by काेचिला खबर
10/30/2020
in स्थानीय
56
SHARES
255
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । कोरोना संक्रमितको उपचारमा निजी अस्पतालले मनपरी शुल्क असुल गरेको भन्दै त्यसको सर्वत्र विरोध सुरु भएको छ ।
सरकारले संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गरेसँगै विराटनगरका निजी अस्पतालले उपचारको नाममा ब्रम्हलुट मच्चाएपछि त्यसको विरोध सुरु गरिएको हो ।

निजी अस्पतालले प्रदेश सरकारले सञ्चालन गरेको प्रदेश प्रयोगशालाले गर्दै आएको निःशुल्क स्वाब परीक्षण समेत रोक्नुपर्ने माग गर्दै आएका छन् । निजीले मनपरी शुल्क असुलेर परीक्षण गर्न नपाएपछि सरकारले नागरिकलाई दिदैं आएको सुविधा समेत कटौती गर्नुपर्ने माग निजी अस्पतालहरुले राखेका छन् ।
निजी अस्पतालको मनपरी विरुद्ध नेपाली काँग्रेस महानगर कार्यसमिति विराटनगरले बिहीबार पत्रकार सम्मेलन नै गरेर तत्काल मनोमानी रोक्न माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्दै आएका विराटनगरका निजी अस्पतालले संक्रमितको उपचारमा दैनिक ५० हजार रुपैयाँसम्म शुल्क तोकेका छन् ।
यसरी मनपरी शुल्क तोक्नेमा विराटनगरको विराट मेडिकल कलेज पहिलो नम्बरमा छ । नोबेल मेडिकल कलेज र न्युरो अस्पतालले संक्रमितको निःशुल्क उपचार गर्दै आएका थिए । उनीहरुले पनि अहिले विरामी राखेर नागरिक लुट्ने गरेको काँग्रेस महानगर समितिको आरोप छ ।

स्वास्थ्य मन्त्रालयले सामान्य लक्षण देखिएका संक्रमितले निजी अस्पतालमा उपचार गर्दा ३ हजार ५००, जटिल अवस्थाको विरामीको उपचार गर्दा ७ हजार र गम्भीर अवस्थाका विरामीको उपचारमा दैनिक १५ हजार शुल्क तोकेको छ । यो खानासहितको जम्मा शुल्क हो ।
यसअघि विरामीको निःशुल्क उपचार गर्नेगरि सम्झौता गरेका अस्पताललाई सरकारले सोही आधारमा भुक्तानी गर्ने सम्झौता गरेको छ । यद्यपी निःशुल्क उपचारको लागि भर्ना भएका अस्पतालले विरामीसँग पनि अतिरिक्त शुल्क लिँदै आएका थिए

सरकारले संक्रमित बिरामीको उपचार खर्च नबेहोर्ने निर्णय गरेपछि भने ती अस्पतालले दैनिक ५० हजारसम्म शुल्क तोकेको भन्दै काँग्रेसले तत्काल घटाउनुपर्ने माग राज्यसँग गरेको नेपाली काँग्रेस विराटनगरका कार्यवाहक सभापति अरुण न्यौपानेले बताउनुभयो । संक्रमितको उपचारको लागि आएमा धरौटी वापत नै १ लाख देखि ४ लाख रुपैयाँसम्म माग्न थालेको भन्दै काँग्रेस महानगरले तत्काल यस्तो मनोमानी रोक्न माग गरेका हुन् ।

संक्रमितको उपचारको लागि सरकारले यसअघि तोकेको भन्दा ३ गुणा बढि शुल्क निजी अस्पतालले तोकेका छन् । अब सामान्य लक्षण भएका संक्रमितले आइसोलेसनमा भर्ना भएर उपचार गर्दा दैनिक ५ हजारदेखि ८ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।
यसअघि निःशुल्क उपचार प्राप्त गर्दै आएका सामान्य लक्षण भएका संक्रमितले पनि अब निजी अस्पतालमा १५ दिन बस्नु परेमा १ लाख २० हजार रुपैयाँ बुझाउनुपर्ने अवस्था छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

05/09/2026
दुहबी खानेपानीको सार्वजनिक सूचना ।

दुहबी खानेपानीको सार्वजनिक सूचना ।

05/07/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist