• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

नोबेलमा फेरि अर्को लफडा बिरामीको मृत्युपछि तनाव प्रहरीले गर्यो लाट्ठी चार्ज

काेचिला खबर by काेचिला खबर
10/17/2020
in स्थानीय
64
SHARES
293
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / बिरामीको मृत्यु भएको विषयलाई लिएर नाराबाजी र प्रदर्शन भएपछि शुक्रबार राति विराटनगरको नोबेल शिक्षण अस्पतालको अवस्था तनावपूर्ण बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी विराटनगर महानगरपालिका–३ की ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेलको साँझ ७ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । पेट दुखेको र श्वासप्रश्वासमा समस्या भएकोभन्दै उनलाई छोराहरुले मोटरसाइकलमा राखेर उपचारका लागि ६ः३० बजेतिर अस्पताल लगेका थिए ।

बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले भएकोभन्दै आफन्त र स्थानीय बासिन्दा नाराबाजी, प्रदर्शन र तोडफोडमा उत्रिएका हुन् । सामान्य अवस्थाकी महिलालाई उपचारका लागि लिएको तथा उपचार सुरु गरेको केही बेरमै अवस्था गम्भीर बन्दै गए पनि आईसीयू र भेन्टिलेटरमा राखेर थप उपचार गर्ने व्यवस्था नमिलाइएकोभन्दै आफन्त र स्थानीय आक्रोसित बनेका थिए ।

आक्रोसित भीडले चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि हातपात र दुरव्यवहार गरेको अस्पतालले जनाएको छ । ढुंगामुडा गर्दै उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाट्ठी चार्ज गरेको हो ।

प्रहरीले बल प्रयोग गरेर भीडलाई तितरबितर बनाएपछि राति १२ बजेबाट अवस्था साम्य बनेको थियो । उत्तेजित भीड तोडफोडमा उत्रिएर अवस्था असामान्य बनेपछि नियन्त्रणमा लिन प्रहरी निरीक्षकहरु मिलन थापा र शम्भु बस्नेतको नेतृत्वमा ठूलो संख्या प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीले तोडफोड र चिकित्सकमाथि दुरव्यवहारको घटनामा संलग्न रहेकोभन्दै छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ । तोडफोडबाट अस्पतालका दुईवटा बसमा क्षति पुगेको प्रहरीले जनाएको छ । भीडबाट ढुंगामुडा हुँदा विद्यार्थी र चिकित्सक बोक्नका लागि प्रयोग गरिँदै आएको आएको को १ क २४१६ र को १ क १०९३ नम्बरको बसको अगाडिको सिसा फुटेको जानकारी अस्पतालले दिएको छ ।

मृतकमा मृगौला र मधुमेहको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ । आफन्तले पनि बिरामीमा स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको स्वीकार गरेका छन् । अस्पताल प्रबन्धक नारायण दाहालले गम्भीर अवस्थामा ल्याएका कारण तत्काल आकस्मिक कक्षमा राखेर उपचार थाल्दै धेरै प्रयास गरे पनि बचाउन नसकिएको बताए । अस्पताल ल्याएको केही बेरमै बिरामीको मृत्यु भएका कारण उपचारमा चिकित्सकले लापरबाही गरेको भन्न नमिल्ने उनले बताए ।

तर अस्पतालले आफ्नो बचाउ गर्न खोजेकोभन्दै आफन्त र स्थानीय झन् आक्रोसित बनेका छन् । स्वास्थ्य अवस्था नाजुक बन्दै गए पनि उपचारमा वास्ता नगरिँदा बिरामीले मृत्युवरण नै गर्नु पर्ने परेको मृतकका छिमेकी विनेश पौडेलको भनाइ छ । बिरामीको उपचार सिकारु चिकित्सकका भरमा गरिँदा ज्यान बच्न नसकेको उनको भनाइ छ । उनका अनुसार चिकित्सकले केही समयको फरकमा सुइमार्फत तीनवटा औषधि दिएका थिए । औषधि दिएको पाँच मिनेटभित्रै बिरामीको अवस्था झन् गम्भीर बनेर गएको पौडेलले बताए । उनले गलत औषधि दिएका कारण पनि बिरामीको मृत्यु भएको हुन सक्ने बताए ।

‘औषधि दिने वित्तिकै बिरामीको अवस्था जटिल बनेर गयो,’ पौडेलले भने, ‘त्यसपछि पनि थप उपचारको कुनै प्रक्रिया अघि बढाइएन ।’ श्वास फेर्न झन् गाह्रो हुँदै गए पनि बिरामीको अवस्था सामान्य रहेको भनेर चिकित्सकले उपचारमा हेलचेक्राई गरेको उनको भनाइ छ । तीन घण्टाभन्दा बढी प्रदर्शनमा उत्रिएका परिवारका सदस्य र आफन्त शव अस्पतालमै छाडेर हिँडेका छन् । बिरामीको मृत्युको कारण स्पष्ट पार्नुपर्ने माग गर्दै उनीहरुले लापरबाही गर्ने चिकिसत्कमाथि कारबाही हुनुपर्ने अडान राखेर शव अस्पतालमै छाडेका हुन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले तोडफोड र चिकित्सकमाथि दुरव्यवहार हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नु परेको बताए । बिरामीको मृत्यु चिकित्सकको लापरबाहीमा भएमा कानुन अनुसार अघि बढ्न सक्ने अवस्था हुँदाहुँदै अरु घटना गराउन खोजेको पाइएपछि नियन्त्रणमा लिन प्रहरी अघि बढ्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist