इटहरी । चाडपर्वलाइ लक्षित गर्दै इटहरी प्रहरीले नयाँ सुरक्षा याेजना बनाइरहेकाे बेला गएराती इटहरी १२ खनारबाटै एक टाइटानिक कार चाेरी भएकाे छ । बा ९ च ३४०४ नम्बरको सेताे रंगकाे कार गए राती घरबाटै चाेरी भएपछि प्रहरी उक्त कार चाेरीमा संलग्न ब्याक्तिकाे खाेजिमा जुटेकाे छ ।
कार चाेर्दै गरेकाे सिसि टिभिले भिडियाे रेकर्ड गरेपनि चाेरीमा संलग्न भएका ब्याक्ती अहिले सम्म पनि फेला नपरेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । कार चाेरीमा संलग्न ब्याक्तिकाे तस्विर हातमा बाेकेर शंकासपद स्थानमा प्रहरी खाेजि गर्न जुटिरहेकाे प्रहरीले जनाएकाे छ ।
मातहतमा रहेका प्रहरी कार्यालय र बाहिरका क्षेत्रहरूमा रहेका प्रहरी कार्यालयहरूमा समेत तस्विर पठाइ जानकारी गराइसकेकाेले चाेरीमा संलग्न ब्याक्ति चाडै प्रहरी नियन्त्रणमा हुने इलाका प्रहरी कार्यालय इटहरीले बताएकाे छ ।





