दुहबी / सुनसरी दुहबीको कोरोना भाइरस संक्रमित एक जनाको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा शनिबार राति मृत्यु भएको हो ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरीको दुहवी–३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको हो । उपचारका लागि महिलालाई असोज २० गते अस्पताल भर्ना गरिएको उनले बताए ।
स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा २१ गते रिपोर्ट पोजेटिभ आएको जानकारी दाहालले दिए । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएकी महिलामा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको प्रबन्धक दाहालको भनाइ छ भने नेपाल सरकार स्वास्थ्य मन्त्रालय बाट पुष्टि हुन बाकी ।





