सुनसरीको दुहबीमा आज बिहानै १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। उनिहरु दुहबी ५ का २ महिला ३५ र ३९ बर्षकि रहेकी छिन भने दुहबी ५ स्थितमा रहेको सनराइज बैंकका एकजना ३४ बर्षका एक जना पुरुष कर्मचारी रहेका छन । यसैगरी दुहबी ५ स्थित रहेको क्वालिटी बिस्कुटका २ जना मजदुरहरु २२ र ४२ बर्षका २ जना पुरुषहरु रहेका
छन् । यसैगरी दुहबी ३ का २ जना १७ बर्षका पुरुष र ४२ बर्षकि महिलामा संक्रमण देखिएको हो । यसैगरी दुहबी ६ का २२ बर्षका पुरुष, दुहबी दुहबी ८ का २० र ४८ बर्षकि महिला, दुहबी ४ का ४७ बर्षका पुरुष र दुहबी १२ का १९ बर्षका पुरुषमा संक्रमण देखिएको दुहबी स्वास्थ्य शाखाले जनाएको छ। दुहबीमा जम्मा संक्रमित १६७ मध्ये ४७ जना निको भएका छन् !





