जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको निषेधाज्ञा भोलि देखि खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक विज्ञप्ती जारी गर्दै भोलि देखि विहान १० बजे सम्म बजार खुल्ला गर्न व्यापारीहरुलाई आग्रह गरेको छ ।
व्यापारीहरुले पसल खोल्दा निश्चित दुरी कायम गर्नु पर्ने,सर्वसाधरणहरुले देख्न सक्ने गरि मुल्य सुची राख्नु पर्ने,त्यस्तै मास्क नलगाई आएका ग्राहकहरुलाई सामान नबेच्न समेत आग्रह गरिएको छ । जिल्लामा राती ९ बजे देखि विहान ५ बजे सम्म हिडडुल गर्न नपाईने निर्णय गरेको छ ।
सुनसरीमा बुधबार ६७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । ७ जना महिला र ६० जना पुरुष गरी जम्मा आज ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
आज संक्रमित हुनेहरूमा इटहरी उपमहानगरका ५८ जना, धरानका ७ जना, भोक्राहाका १ जना, इनरुवाका १ जना गरी जम्मा ६७ जनामा कोरोना संक्रमण भएको हो ।
यो सँगै सुनसरीमा कोरोना संक्रमितको कुल संख्या ८ सय ३० पुगेको छ भने ३ सय ८५ जना कोरोना मुक्त भएका छन् । सक्रिय संक्रमित ४ सय ३० जना रहेका छन् भने ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।





