• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

भारतबाट अबैध आगमनले कोरोनाको जोखिम बढायो

काेचिला खबर by काेचिला खबर
09/01/2020
in FEATURE, समाज, स्थानीय
67
SHARES
306
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, १६ भदौं : नेपाल भारत सीमा नाका पाँच महिनादेखि बन्द छ । कोरोना संक्रमणको जोखिम बढेपछि संघीय सरकारले गत चैत ११ गतेदेखि नेपाल–भारतबीचको सीमा नाका बन्द गरेको छ भने चैत १२ गतेदेखि साउन ६ गतेसम्म देशभर लकडाउन गरियो ।

साउन २० गतेबाट विराटनगर महानगरपालिकाले लकडाउन गर्नुका साथै पछिल्लो समयमा आएर स्थानीय प्रशासनले निषेध आज्ञा जारी गरेको छ । र पनि कोरोना संक्रमण घट्न सकेको छैन ।

जानकारहरू भन्छन्, भारतबाट लुकिछिपी मानिस प्रवेश गर्ने क्रम नरोकिएकाले संक्रमणको जोखिम बढेको हो । विभिन्न ठाउँबाट मानिस नेपाल प्रवेश गर्न नरोकिएपछि सीमा क्षेत्रका बस्तीहरूमा कोरोना संक्रमण बढेको हो ।

मोरङको झण्डै ६४ किलोमिटर दुरी भारतसँग जोडिएको छ । अवैध आगमनलाई रोक्न सरकारले लकडाउनपछि सुरक्षा सतर्कता बढाएको छ ।

सुरूमा मोरङको दक्षिणी सीमामा सशस्त्र प्रहरीको मात्र ७१ वटा बोर्डर आउट पोष्ट स्थापना गरिएको थियो ।

बर्खा सुरू भएपछि सशस्त्र प्रहरीका जवानहरूलाई सीमामा खान, बस्न समस्या भएपछि पोष्टहरू घटाइएको छ ।

स्थानीय मानिसको निजी जग्गामा अस्थायी पोष्ट बनाएकाले बर्खामा खेती गर्नुपर्ने भएपछि निजी जग्गाका पोष्टहरू पनि हटाएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले मोरङमा सशस्त्र प्रहरीका २५ वटा मात्र बोर्डर आउट पोष्टहरू छन् ।

त्यसैगरी नेपाल प्रहरीका स्थायी तथा अस्थायी गरी ३१ वटा इप्रका तथा चौकीहरू सीमामा छन् । त्यहाँ ३ सय ५० भन्दा बढी प्रहरी कार्यरत रहेको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

सशस्त्र र नेपाल प्रहरीका गरी यति धेरै सुरक्षाकर्मीहरू सीमामा कार्यरत रह“दा पनि भारतबाट अवैध रूपमा मानिसहरू नेपाल छिर्ने क्रम भने रोकिएको छैन । कतै सुरक्षाकर्मीको आँखा छलेर, कतै पैसा दिएर वा आपसी मिलेमतोमा मानिसहरू नेपाल छिर्न छाडेका छैनन् ।

विराटनगर भन्सार नाका भएर पनि दैनिक ६ सयदेखि ७ सय मानिस भारतबाट आउने गरेका छन् । मालवाहक गाडीका चालक र सह चालकहरू निर्वाध रूपमा नेपाल छिर्ने गरेका हुन् ।

नेपाल प्रवेश गर्दा थर्मल गनले उनीहरूको तापक्रम जाँच गर्नेबाहेक अरू केही गरिदैन । तिनीहरू नेपाल प्रवेश गरेपछि कहाँ जान्छन् ? कहाँ बस्छन् ? त्यसको सोधी खोजी छैन ।

मुलुक लकडाउनमा गैसकेपछि रानी भन्सार नाका भएर ५ हजार ७ सय ६४ जना नेपालीहरू नेपाल प्रवेश गरेका छन् । त्यसैगरी १२ हजार २ सय ९७ जना भारतीयहरू जोगबनी नाका भएर स्वदेश फर्किएका छन् । यो तथ्यांक भदौ १४ गतेसम्मको हो ।

यसरी सरकारी लगतबाट जति मानिस नेपाल आए र भारत गए त्योभन्दा बढी मानिसहरू अवैध तरिकाले आवत–जावत गरेको अनुमान छ ।

भारतीय व्यापारीहरू जोगबनीको टिकुलिया बस्ती भएर नेपाल प्रवेश गरेर विराटनगर, इटहरी र धरानसम्म पुगेर आफ्नो व्यापारिक कारोबारको भुक्तानी लिने गरेका छन् ।

यो काममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोग रहँदै आएको छ भने नेपाल डुलाउने काममा मनमौजी पैसा लिएर यहाँका ट्याक्सी चालकहरूले सहयोग पुर्याउँदै आएका छन् ।

सो कुरालाई पुष्टि गर्दै एक ट्याक्सी चालकले भने भारतीय व्यापारीलाई धरानसम्म पुर्याएर ल्याएको हामी १७ हजारसम्म लिने गर्छाै ।

विराटनगर महानगरपालिकाले पनि लकडाउन गरे पनि अवैध आवत–जावतलाई भने रोक्न ध्यान दिएन ।

लकडाउनकै बीचमा आरती स्ट्रिप्समा काम गर्ने मजदुरहरू नेपाल आएर काम गरेकाले उनीहरूको माध्यमबाट कोरोना नेपाल भित्रिएको आशंका छ ।

सो उद्योगका मजदुर र स्टाफ गरी ६२ जनामा कोरोना संक्रमण भएको पाइयो । भारतीयहरू आधिकारिक रूपमा नेपाल आउन नपाउने भए पनि कम्पनीले मिलाएर मजदुर ल्याएकाले कोरोना पनि सँगै प्रवेश गर्यो ।

भारतीयहरू स्वदेश जाने र नेपालीहरू आउने मोरङको एक मात्र आधिकारिक नाका रानी हो । तर त्यहा“बाट मात्रै मानिसहरू यो बीचमा आवत–जावत गरेका छैनन् ।

अवैध रूपमा आउने मानिसलाई समाएर क्वारेन्टाइनमा जिम्मा लगाउने गरेको प्रहरी बताउँछ । तर जसलाई त्यसरी समाएर क्वारेन्टाइनमा जिम्मा नलगाई आपसी लेनदेनमा छोड्ने गरेकाले अवैध रूपमा भारतबाट मानिसहरू आउने क्रम बढेको हो ।
उदघोष दैनिकबाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist