दुहबीमा थप ९ जना पिसिआर पोजेटिभ भएको पुष्टि भएको छ। उनिहरु दुहबी ५ स्थित रहेको नेपाल बैंक लि.का २ कर्मचारीहरु ३९ बर्षकि एक महिला र ३२ बर्षका एक पुरुष संक्रमित रहेका छन। यसैगरी दुहबी ५ स्थित रहेको सनराइस बैंकका बर्ष २९ का एक पुरुष रहेका छन् । यसैगरी दुहबी ५ स्थित रहेको क्वालिटी डाइट एन्ड फुड उद्योगका मजदुरहरु बर्ष २४,२७ र ४० तीन पुरुषहरु संक्रमित भएका छन् । यसैगरी दुहबी ६ स्थित रहेको पुर्बाञचल डिस्टिलरीका एक ३४ बर्षकि महिला र एक २६ बर्षका पुरुषमा संक्रमण देखिएको छ । यसैगरी दुहबी ३ का एक १४ बर्षका किसोरमापनि संक्रमण देखिएको दुहबी स्वास्थ्य शाखाकि पिंकि भगतले पुष्टि गरेकि छिन। दुहबीमा जम्मा कोरोना संक्रमितको संख्या १ सय १८ पुगेको छ भने २० जना निको भएर घर फर्की सकेका छन् ।
भदौ १० गते स्वाब संकलन गरेको बाकी १८ जनाको पिसिआर रिपोर्ट मध्ये ९ जना पोजेटिभ र ९ जना नेगेटिभ आएको हो। अब हिजो स्वाब संकलन गरिएको १०७ जनाको रिपोर्ट आउन बाकी छ।





