दुहबी / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः कोरोना संक्रमित दुईजना नागरिकको मृत्यु भएको
छ । मृत्यु हुनेमा झापा दमक नगरपालिका–३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिला हुनुहुन्छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापा दमकका पुरुषको शुक्रबार बिहान ३ः४५ बजे र बेलबारी निवासी महिलाको ३ः१४ बजे मृत्यु भएको हो ।
खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि बीएण्डसी टिचिङ अस्पतालमा भर्ना हुनु भएका दमकका पुरुषमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि वीपीमा ३ गते नै भर्ना गरिएका उहाँको आज मृत्यु भएको हो ।
मृगौलाको दिर्घ रोगी मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र अल्प रक्त कोशीकाको समस्या समेत रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
यसैगरी मोरङ बेलबारी–५ की महिलालाई कोशी अस्पताल विराटनगरबाट धरानस्थित वीपीमा ९ गते रिफर गरिएको थियो श्वास फेर्न समस्या र ज्वरो आएपछि कोशीमा भर्ना हुनु भएकी उहाँमा कोरोना संक्रमण समेत भदौ ९ गते नै पुष्टि थियो ।
उपचारका क्रममा उहाँको पनि शुक्रबार बिहान मृत्यु भएको नेपाल सरकार स्वास्थ्य मन्त्रालय बाट पुस्टि हुन बाकी ।





