धरानः सुनसरी जिल्ला दुहबीका सञ्चारकर्मी चन्दन रौनियारको स्वाब टेष्ट कोरोना पोजिटिभ आएको छ । गएको भदौ ७ गते उनको स्वाब संकलन गरिएको थियो । दुहबी नगरपालिका स्वास्थ प्रमुख बिन्देश्वर महतोले उनको रिपोर्ट पोजिटिभ आएको पुष्टी गरेका छन् । ३० वर्षिय सञ्चारकर्मी विभिन्न पत्रपत्रिकामा समाचार सम्प्रेसन गर्दछ ।
उनि अहिले आइसोलेशनमा छन् । समाचार संकलनको क्रममा अग्रपंक्तिमा रहँदा कोरोनाको प्रभाव प¥यो कि भनि स्वाब टेष्ट गराउँदा पोजिटिभ रिपोर्ट आएको उनले बताए । आफुलाई हाल कुनै पनि असजिलो नभएको। कोरोनाको लक्ष्ण नदेखिएको बताउँदै उनले आफ्नो स्वास्थ्य स्थिति सामान्य रहेको बताएका छन् । बिहानी टाइम्सबाट साभार





