सुनसरीको दुहबीमा १ सय ९ जना कोरोना संक्रमित पुष्टि भइसकेको छ । उनिहरु दुहबी वडा नम्बर १ बाट ३ जना, दुहबी ३ बाट ३ जना, दुहबी ४ बाट ९ जना, दुहबी ५ बाट ४ जना, दुहबी ६ बाट २९ जना, दुहबी १० बाट १ जना, दुहबी ११ बाट २ जना, दुहबी १२ बाट ३ जना रहेका
छन् । यसैगरी दुहबीको विभिन्न उद्योगबाट १६ जना (दुहबी २ र अन्य पालिकाबाट)दंगा प्रहरी नियन्त्रण गण दुहबीबाट २८ जना, सशस्त्र प्रहरी दुहबीबाट ५ जना, दुहबी नगरपालिकाका कर्मचारी ३ जना, स्वास्थ्यकर्मी एक जना र पसु सेवा तालिम केन्द्र दुहबीका एक जना कर्मचारी रहेका छन् । १०९ जना संक्रमित मध्ये आज सम्म २० जना निको भएका छन् भने हिजो सम्म १४ सय ६३ जनाको पिसिआर परिक्षण गरिएको छ । अब दुहबीमा १३४ जनाको पिसिआर रिपोर्ट आउन बाकी रहेको छ।





